किसानलाई सुपत मुल्यमा आलुको बीउ वितरण
सुरेश भुल
कैलाली , कात्तिक ४ गते । कैलालीको जोशिपुर गाउँपालिकाकाले यहाँका किसानलाई सुपत मुल्यमा आलुको बीउ वितरण गरेको छ ।
गाउँपालिकाका सात वटै वडाका पाँच सय किसानलाई पचास प्रतिशत अनुदानमा आलुको बीउ वितरण गरिएको हो ।
बजार देखि ४ लाख ९० हजार रुपियाँमा उन्नत जातको आलुको बीउ खरिद गरी दुइ लाख ४५ हजारमा किसानलाई वितरण गरिएको जोशीपुर गाउँपालिकाले जनाएको छ ।
आलुको गुणस्तर परिक्षण गरी उत्पादन बढाउने उदेश्यले यहाँका किसानलाई सुपत मुल्यमा उन्नत जातको आलुको बीउ वितरण गरिएको जोशीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश ढुङगानाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ आलुको उत्पादकत्व बढाउने गरी किसानलाई गुणस्तर जातको काडिनल , कमल रातो , टिपिएस जातको आलुको बीउ खरिद गरि वितरण गरिएको छ ।”
यहाँका किसानले उत्पादन गरेको आलुलाई बीउको रुपमा लिने र त्यसलाई बजारीकरण गर्ने गरी यती बेला गाउँपालिकाले यहाँका पाँच सय किसानलाई सुपत मुल्यमा आलुको बीउ विरतण गरेर आलुखेतीमा उत्प्रेरित गर्दै आएको ढुङगानाले बताउनुभयो ।