एकल महिलालाई चुलो वितरण

कञ्चनपुरको लालझाडी गाउँपालिकाले एकल महिलालाई वितरण गरेकाे विद्युतीय चुलो । तस्बिर ः तेजबहादुर सार्की

तेजबहादुर सार्की

कञ्चनपुर, कात्तिक ७ गते । कञ्चनपुरको लालझाडी गाउँपालिकाले एकल महिलालाई विद्युतीय चुलो वितरण गरेको छ ।

आगोे बाल्दा धुवाँले उनीहरुको स्वास्थ्यलाई असर पार्ने भएकोले पालिकाले यहाँका साठी वर्ष माथि र  अठसठ्ठी  वर्ष तल उमेरका एकल महिलालाई खाना पकाउँनका सहज हुने विद्युतीय चुलो वितरण गरेको हो ।

गाउँ बस्तीमा रहेको साठी वर्ष भन्दा माथीका एकल महिलाहरुलाई धुवाँबाट बच्न र उनीहरुलाई खान पकाउन सहज हुने गरी विद्युतीय चुला वितरण गरेको लालझाडी गाउँपालिकाले जनाएको छ ।

पहिला सामुदायकि वन देखि दाउँरा ल्याउने गरेको थिए । अहिले बनबाट दाउरा पनि ल्याउँन दिदैनन् । दाउँरा नभएपछि खाना पकाउँ समस्या हुने गथ्र्यो । म जस्तै एकल महिलाको यो समस्या देखेर यती बेला गाउँपालिकाले विजुली देखि खाना पकाउन सहज हुने चुलो दिएपछि अहिले निकै खुसी भएको लाललाझडी गाउँपालिका वडा नं –१  की सुबी चौधरीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ दाउँरा बाल्दा घरमा निकै धुँवा हुन्थ्यो । त्यो धुँवाले घर कालो हुने र मेरो स्वास्थ्यमा पनि असर गथ्र्यो । ”

गाउँपालिकाले दिएको यो चुलो विजुलीबाट चलाउँन सकिने भएकोले अब देखि त्यो सबै समस्याको अन्त्य भएको रानाले बताउनुभयो ।

पालिकाले गाउँ बस्तीलाई स्वच्छ तथा सुन्दर बनाउँने गरि पछिल्लो समय यहाँका स्थानीयलाई विजुलीबाट खाना पकाउँने विद्युतीय चुलो वितरण गर्दै आएको लालझाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो , “ यती बेला यहाँका साठी वर्ष माथि र अठसठ्ठी वर्ष तलका एकल महिलालाई मात्र पहिलो पटक त्यो चुलो दिएका छौ । यो वर्ष रकम अपुग भएका कारण सबैलाई चुलो वितरण गर्न नसकेकोले बाँकी रहेकाहरुलाई अर्को वर्षमा वितरण गर्ने गरि अर्को वर्षमा पनि चुलोको लागि रकम विनियोजन गर्छौ ।”

यो वर्ष विनियोजन भएको सात लाख रकमले यहाँका १ देखि ६ वडाका २२९ जना साठी वर्ष माथि र अठसठ्ठी वर्ष तलका एकल महिलालाई चुलो वितरण गरेको प्रमुख प्रशासकीय राजबहादुर सार्कीले बताउनुभयो ।

 




 


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?