कैलारीमा पुष्प प्रदर्शनी कार्यक्रम सम्पन्न
सुरेश भुल
कैलाली,कात्तिक १३ गते । कैलालीको कैलारी गाउँपालिकामा पुष्प प्रदशनी कार्यक्रम सम्पन्न भएको छ ।
यहाँका किसानलाई फुल खेती व्यवसायमा उत्प्रेरित गर्ने गरी कैलारी गाउँपालिका पालिकामै याे पुष्प प्रदशनी कार्यक्रम सम्पन्न गरेको हो ।
यहाँकाे वडा नं ७ शिवपुर गाउँ , वडा नं ३ को ओमनगर , वडा नं ४ को केगाउँ मनहरा टोल , प्रगती टोल , असिना टोलका विभिन्न कृषक समुहलाई निशुल्क रूपमा उन्नत जातको सयपत्री कर्मा जातको फुलका बीउ वितरण गरेको कैलाली गाउँपालिकाले जनाएको छ ।
गत वर्ष साहास नेपालले झण्डै १६ हजार बराबरको उन्नत जातको सयपत्री र कर्मा जातको फुलको बीउ वितरण गरेको थियो ।
पालिकाले त्यो फुल र तरकारी खेती सिँचाइका लागि झण्डै ४ लाख पचास हजार मोटर बोरिङग , पाईप गरी खरिद गर्नका लागि सहयाेग गरेकाे कैलारी गाउँपालिकाका अध्यक्ष राज समझ चौधरीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ यती बेला पनि यहाँ किसानलाई साहास नेपालले झण्डै ३८ हजार ५ सय बराबरको फुलको बीउ वितरण गरेको छ ।”
यहाँका किसानले त्यो फुल राम्रो सँग उत्पादन गर्ने अपेक्षा राखेका छौ । उनीहरुले उत्पादन गरेको त्यो फुललाई याे भन्दापछि पालिकाले पनि समयमै बजारीकरण गर्नका लागि सहयोग गरिदिने अध्यक्ष रानाले बताउनुभयो ।