घरमै कोदो बिक्री हुँदा महिला हर्षित

क्याप्सन ः घरमै कोदो बिक्री भएपछि खुसी भएका बुढीगङ्गा नगरपालिका –१० का महिला । तस्बिर ः शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, मंङ्सिर १३ गते । बाजुरामा उत्पादन गरेको कोदो पछिल्लो समय घरमै बिक्री हुन थालेपछि यहाँका महिला निकै हर्षित भएका छन् ।

पहिला यहाँ उत्पादन उत्पादन भएको कोदो कतै बिक्री हुँदैन थियो । यहाँका स्थानीय प्राय कोदो पनि खाँदैन थिए । धर्म कर्ममा लागेकाहरुले त  माघ महिना तथा वर्तको बेलामा कोदोलाई झनै खाने गर्दैन थिए । 

बाजुरामा माघको महिना घरमा आएका पाहुनालाई समेत यो कोदोको रोटी नदिने चलन यहाँका अधिकाशं गाउँ बस्तीमा अहिले पनि कतै ताजै छ । 

अहिले जिल्ला भित्र तथा बाहिर देखि त्यो कोदो किन्नेहरु गाउँ बस्तीमा आएर धमाधम लिन थालेपछि यहाँका महिलाहरु यती बेला घरमै कोदो बिक्री भएको भन्दै निकै खुसी भएका हुन् ।

पहिला सासु सुसुराले धेरै कोदो लगाउँने गथ्र्ये । घरमा धेरै भात खाने गरेकोले त्यो कोदोको रोटी प्राय कोही नखाने र बिक्री गर्दा पनि कतै बिक्री नहुने गरेको त्यसलाई गाई भैसीलाई पीडोको रुपमा खुवाउँने गरेको बुढीगङ्गा नगरपालिका –१० की लाली लाली साउँदले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ यती बेला भने कोदो लिनका लागि धमाधम व्यापारी घर आउने र हातमा पैसा थमाई जाने गरेकोले निकै खुसी भएकी छु । ”

पहिला प्राय घरले कोदोको रोटी नखाने गरेकोले खेती पनि थोरै लगाउँने गरेकी थिए । अहिले घरमै यसरी कोदो बिक्री हुने गरेपछि बाँझो रहँदै आएको जमिनमा पनि कोदो लगाउँने तयारी गरेको साउँदले बताउनुभयो ।

यती बेला बाजुराका जिल्लाको विभिन्न गाउँ बस्तीमा कोदो खरिद गर्नेको निकै भिडभाड लाग्ने गरेको छ ।  यहाँको अर्गानिक कोदो देशका ठुला सहरमा माग बढ्न थालेपछि व्यपारीहरुले दैनिक गाउँबाट कोदो सङ्कलन गर्न थालेपछि गाउँमा कोदो किन्नेको निकै भिडभाड हुने गरेको खप्तड छेडेदह गाउँपालिका –४ खाती गाउँकी जलु धामीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “खप्तड छेडेदहको खाती गाउँमा प्राय धान गहुँ कम उत्पादन हुन्छ । कोदो बढी हुन्छ । पहिला त्यो कोदो कतै बिक्री हुँदैन थियो । ”

त्यसैले कम लगाउँने गरेकी थिए । अहिले त्यो कोदो किन्ने दिनप्रतिदिन गाउँमै आउने गरेकोले अर्को वर्ष कोदो धेरै लगाउने धामीले बताउनुभयो ।

बाजुरामा कोदो खेती निकै राम्रो उत्पादन हुने गर्दछ ।  यहाँका अधिकाशं स्थानीयले पाखो र भिरालो जमिनमा कोदो खेती गर्ने गर्दछन् ।

बाजुराको हिमाली , जगनाथ , स्वामिकार्तिक , बुढीनन्दा , बडिमालिका , गौमुल बुढीगङ्गा , खप्तड छेडेदह र त्रिवेणी लगायतका विभिन्न ठाउँमा कोदो राम्रो उत्पादन हुन्छ ।

तर पनि यहाँका स्थानीयले कोदो खासै नलगाउँने गर्छन् । पछिल्लो समय देशका विभिन्न सहरबाट कोदोको माग बढेको र स्थानीय तहले पनि अर्गानिक खाद्यानलाई बढी प्राथमिक दिन थालेपछि अहिले कोदो प्रती यहाँका स्थानीयको चाँसो बढ्न थालेको छ । 

बाजुराको अर्गानिक कोदो पछिल्लो समय विभिन्न सहरमा माग बढ्न थालेपछि अहिले यहाँका स्थानीय पनि फेरि कोदो खेती लगाउँन थालेका छन् ।

कोदोमा कार्बोहाइड्रेट, प्रोटिन, फाइबर, भिटामिन, क्याल्सियम, म्याग्नेसियम, आइरन जस्ता खनिजको प्रचुरता बढी भएकाले यो स्वास्थ्यका लागि पनि त्यत्तिकै उपगोगि छ ।

२०६७ साल देखि यहाँको अर्गानिक कोदो देशका विभिन्न सहरमा जान थालेको हो । यहाँको कोदो अहिले प्राय धनगढी र काठमाण्डौमा जाने गरेको छ ।

अहिले यहाँका केही स्थानीय सरकारले पनि विद्यालयमा बालबालिकालाई खुवाइदै आएको दिवा खाजामा कोदोको परिवार अनिवार्य गर्दै आएका छन् ।

कोदो खेतीले यहाँका स्थानीयको जिविकोर्पान गर्न सहज देखिएकोले यती बेला यहाँका स्थानीयलाई  कोदो खेतीमा उत्प्रेरित गर्दै आएको स्थानीय तह बताउँछन् ।

जिल्लामा दुइ लाख तीस हजार ३७ हेक्टर जमिन मध्ये २२ हजार हेक्टर खेती योग्य भएपनि पाँच हजार दुइ सय पैतिस हेक्टर जमिन वर्ष भरी सिचाइ सुविधा छ । 

बाजुरामा लगाउँदै आएको अन्य रैथाने बाली धान गहुँको तुलनामा कोदो बाली १५ प्रतिशत् मात्र उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ  । 















यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?