बाजुरामा शान्तिपुर्वक उपनिर्वाचन सम्पन्न

बाजुराकाे स्वामिकार्तिक खापर गाउँपालिकामा भएकाे उप निर्वाचन शान्तिपुर्वक रुपमा मतदान गर्दै स्थानीय । तस्बिर ः लाेकेश बम

बाजुरा, मङ्सिर १६ गते । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षको पदका लागि भएको उपनिर्वाचन शान्तिपुर्वक रुपमा सम्पन्न भएको छ ।

नौ वटा मतदान स्थल रहेको सो गाउँपालिकाको उपनिर्वाचनमा बिहान सात देखि मतदान सुरु भएर बेलुकी पाँच बजे सम्म शान्तिपुर्वक रुपमा उपनिर्वाचन सम्पन्न भएको हो ।

यहाँ भगवती आवि एक फुयालगाउँ केन्द्रमा क र ख विन्दासैनी आविमा दुइ रुडिमा क र ख साविकको जुकोटमा ३ मा क र ख स्वामिकार्तिक मावि ४ मा क र ख भैरवनाथ मावि जेरामा ५ क गरी जम्मा नौ वटा मतदान स्थल रहेका थिए ।

यी सबै मतदान स्थलमा बिहान सात बजे देखि बेलुकी पाँच बजे सम्म एकदमै शान्तिपुर्वक तरिकाले मतदान गर्ने काम सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।

यहाँ सात हजार चार सय साठी मतदाता भएपनि दुइ हजार महिला र एक हजार ९०३ जना पुरुष गरी जम्मा तीन हजार ९०३ जनाले मतदान भएपनि तीन हजार ९०३ मत मात्र खसेको जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख अङ्गतबहादुर महतले बताउनुभयो ।

यहाँ नेकपा एमालेबाट  सुलोचना बुढा , नेपालीकाँग्रेसबाट , पुल्लीसरा शाही एकृति समावादीबाट जवा शाही उपाध्यक्षका लागि उमेदवार रहेका छन् ।

२०७९ को स्थानीय तहको निर्वाचनबाट नेपाली काँग्रेसबाट निर्वाचित हुनु भएकी उपाध्यक्ष मैनादेवी जोशीको गत २०८० साल माघ ४ गते निधन भएपछि स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पद खाली भएको थियो ।






यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?