बाजुरामा नेकपा एमालेकी भण्डारी (बुढा) विजयी

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाकोे उपाध्यक्षमा विजयी हुनु भएकाे नेकपा एमालेकी सुलोचना भण्डारी ( बुढा ) ।

बाजुरा, मङ्सिर १७ गते । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाकोे उपाध्यक्षमा नेकपा एमालेकी सुलोचना भण्डारी ( बुढा ) विजय हुनुभएको छ । 

गत आइतबार सम्पन्न उपनिर्वाचन अन्तर्गत एक हजार ७४० मतसहित उहाँ विजयी हुनुभएको हो । 

उहाँका निकटम प्रतिदन्द्धी नेपाली काँग्रेसकी उमेदवार पुल्तीसरा शाहीले एक हजार ४७४ र एकिकृत समाजवादी पार्टीका उमेदवार जवा शाहीले ५५३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयका बाजुराले जनाएको छ ।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?