चिसोमा बालबालिकालाई न्यानो लुगा वितरण
शेरबहादुर सार्की
बाजुरा, पुस २१ गते । बाजुराको बुढीनन्दा नगरपालिका वडा नं –९ मा रहेको सिद्धेश्वरी अनाथ विपन्न तथा जनजातीय आवासीय विद्यालयका बालबालिकाहरुलाई सिचोको समय न्यानो लुगा वितरण गरेको छ ।
कैलालीको गोदावरी नगरपालिका वडा नं –१ गेटा निवासी डा.कमला ओली (साउँद) ले यहाँका १४८ जना जना बालबालिकाहरुलाई चिसोबाट जोगिन १५० थान न्यानो कपडा वितरण गरेको हो ।
यो ठाउँमा हिउँदको समय निकै चिसो हुन्छ । त्यसै माथी यहाँ पटक पटक हिउँ पर्ने गरेकोले यहाँका बालबालिकाहरुलाई सिचोको समय विद्यालयमा पठन पाठन गर्न निकै सकस भएको छ ।
पुसको पहिलो साता यहाँ धेरै हिमपात भएपछि बालबालिकाहरुलाई त्यो चिसोको कारण कक्षा कोठामा आगो बालेर पढाइ गर्नु पर्ने बाध्य छ ।
आगो बालेर पढाई गरेको समाचार गोरखापत्रमा छापिएपछि यहाँका बालबालिकाहरुको यो समस्यालाई मध्यनजर गर्दै ओलीले १५० थान न्यानो कपडा पठाइ दिएको विद्यालयले जनाएको छ ।
यती बेला न्यानो लुगा पाएपछि चिसो छल्न निकै सहज भएको सिद्धेश्वरी अनाथ विपन्न तथा जनजातीय आवासीय विद्यालय कक्षा ५ का छात्र उमेश रावतले बताउनुभयो ।
उहाँले भन्नुभयो, “विद्यालयको डे«समा विद्यालयमा आउने गरेको थिए । डे«समा पातलो भएकोले कक्षा कोठामा बस्दा निकै चिसो हुन्थ्यो ।”
अहिले त्यसै डे«स माथि यो न्यानो लुगा लगाएर विद्यालय आउन थालेपछि चिसोको समय कक्षा कोठामा बसेर पठ्न पाठन गर्न निकै सहज भएको रावतले बताउनुभयो ।
यता प्रया हिउँदको महिना सुरु भएपछि सधै चिसो हुन्छ । हिउँ परेपनि नपरेपनि यहाँ सधै चिसो हुने ठाउँ हो । यती बेला हिउँ परेको झनै चिसो बढेको छ । यो लामो समय सम्म रहे भने यहाँका बालबालिकाहरुको पढाइ छुट्ने हुन्छ ।
त्यसैले उनीहरुको पढाइ नछुट्ने गरी चिसोको बेलामा हामीले आगो विद्यालयमा आगो बालेर पनि बालबालिकाहरुलाई पढाउँने गरेको सिद्धेश्वरी अनाथ विपन्न तथा जनजाीय आवासीय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह गुरुङ्गले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ यही विषयमा गोरखापत्रमा पटक पटक समाचार छाएिको थियो । त्यहि समाचारका कारण अहिले सहयोगी मनहरुले विभिन्न ठाउँबाट न्यानो लुगा र खाद्यान सामाग्री समेत सहयोग गर्न थालेका छन् । ”
यती बेला कैलालीको गोदावरी नगरपालिका वडा नं –१ निवासी डा. कमला ओली (साउँद) ले यहाँका बालबालिकाहरुलाई झण्डै १५० थान न्यानो ट्र्याक्सुट कपडा सहयोग गरेको अध्यक्ष गुरुङ्गले बताउनुभयो ।
ओली सुदूरपश्चिम क्याम्पस धनगढीकी गोल्डमेडल हुनुहुन्छ । उहाँले कोरियामा छात्रवृद्धिबाट पीएचडी गरी हाल कोरीयाकै जन्बुक बैङ्कमा कार्यरत हुनुहुन्छ । उहाँले उतैबाट हाम्रो विद्यालयका छात्रा छात्रहरुलाई चिसोको समयमा न्यानो लुगा दिएको सिद्धेश्वरी अनाथ विपन्न तथा जनजातीय आवसीय विद्यालयका प्राधानाध्यापक तुलाबहादुर रावतले बताउनुभयो ।