फोडियो चट्टान जोडिए गाउँ छोटियो दुरी

क्याप्सन ः रातापाखा चट्टान फाेडेर बाहुनीमा पुगेकाे सडक । तस्बिर ः सुदूरपाटी

बाजुरा । बाजुराको पुर्वि उत्तर क्षेत्रमा पर्ने स्वामिकार्तिक खापर गाउँपालिका पनि जिल्लाकै एक विकट पालिकाको चिनिने गर्दछ  ।  

यहाँका अधिकाशं वडापालिका गाउँ बस्ती अँझै  दुर्गममा छन् । यी गाउँ बस्तीको बीच बीचमा धेरै ठुल्ठुला चट्टान छन् ।  यहाँका गाउँ बस्ती भिरपाखा तथा भिरालाे ठाउँमा भएकाेले यी गाउँ बस्ती लामाे समय देखि सडक सञ्जालको पहुँचबाट सधै वञ्चित हुँदै आएका थिए ।

पछिल्लाे समय यहाँकाे स्वामिकार्तिक खापर गाउँपालिकाले ती  गर्दुम गाउँ बस्तीलाई सडक सञ्जालको पहुँचमा राख्नका निकै प्रयास गर्दै आएको थियाे।

स्काईभेटरको साहाराले बल्ल यती बेला पालिकाले यहाँका ती गाउँ बस्ती सडक सँग जोडिएका छन् ।   यहाँका स्थानीयलाई पैदलमा हिडेर झण्डै छ घण्टा लान्ने गरेको ठाउँमा सडककाे सुविधा भएसँगै अहिले यहाँका स्थानीय पालिका देखि घर सम्म दुइ घण्टा समय लाउँने गर्दछन् । 

गाउँ बस्तीको बीच बीचमा धेरै डर लाग्दा ठुला चट्टान रहेकोले हामीले लामो समय देखि सडक सञ्जालबाट वञ्चित हुन परेको स्वामिकार्तिक खापर गाउँपालिका –१  बाहुनी बीरभाने विकले बताउनुभयो ।

उहाँले भन्नुभयो, “  यहाँका स्थानीयले गाउँमा प्याज लसुन आलु धेरै उत्पादन गर्ने गर्दछन् । स्थानीय उत्पादन गरेका अर्गानिक तरकारी बस्तुलाई पालिका सम्म लान निकै समस्या हुने गरेको थियो । अहिले गाउँमा सडक सुविधा भएपछि तरकारी बस्तुलाई बजार लान निकै सहज भएको छ । ”

गाउँपालिकाको लामो समयको अथक प्रयासपछि अहिले यहाँका ठुल्ठुला चट्टान फोडियो त्यसपछि गाउँ सडकले जोडिए र यहाँका स्थानीयको पालिका पुग्दा ६ घण्टा लाग्ने दुरी पनि छोटिएको विकले बताउनुभयो ।

यहाँको बुढीगङ्गा, खप्तड छेडेदह , त्रिवेणी , गौमुल , बडिमालिका नगरपालिका भन्दा यहाँका बुढीनन्दा , स्वामिकार्तिक , जगनाथ र हिमाली गाउँपालिकाका जिल्लाको दुर्गम पालिकाको रुपमा चिनिदै आएका छन् । 

यी पालिकाका अधिकाशं गाउँ बस्तीमा सडक लान निकै कठिन छ । तै पनि पछिल्लो समय यहाँका पालिकाहरुले दुर्गम गाउँ बस्तीलाई सडक सञ्जालले जोड्दै आएका छन् । 

आफ्नै पालिकाको स्काईभेटर प्रयोग गर्दै अहिले यहाँका पालिकाले दुर्गम गाउँ बस्तीलाई सुगमको सुविधा दिने उदेश्यले धमाधम दुर्गम गाउँ बस्ती सडक सञ्जालले जोड्ने गरेका हुन् ।

स्वामिकार्तिक खापर गाउँपालिकामा पाँच वटा छन् । यहाँ यी वडामा केही गाउँ बस्ती गत वर्षमा सडक  पुगेको थियो । भने अहिले सबै भन्दा यहाँका निकै कठिन गाउँ बाहुनीमा पनि यती बेला लामो समयको प्रयासपछि बल्ल सडक पुगाउँन सफल भएको स्वामिकार्तिक खापर गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाले बताउनुभयो । 

उहाँले भन्नभयो , “ प्राय यो पालिका जिल्लाका अन्य पालिका भन्दा निकै दुर्गम पर्छ । यहाँका स्थानीयलाई सहज हुने गरी गाउँ बस्ती सम्म सडक पुगाउँन निकै कठिन भयो । यहाँका गाउँ तल माथि ठुला ठुला चट्टन र भिरपाखा छन् । यहाँको बाहुनी र रातापाखा रुडि त झनै डर लाग्दो चट्टान रहेका छन् । ”

यो वर्षमा यहाँका सबै वडापालिकामा रहेका गाउँ बस्ती सडक सञ्जालको पहुँचमा छन् । तर पालिका देखि रातापाखा हुँदै रुडि सडक पुगको थिएन । यती बेला झण्डै दुइ करोडको लागतमा यहाँको सात किलोमिटर सडक निर्माण कार्य सम्पन्न भएको छ । यहाँ सडक पुगेपछि पछिल्लो समय यहाँका गाउँ बस्ती सकड सञ्जालको पहुँचमा रहेको रोकायाले बताउनुभयो ।






यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?