तोलीलाई विद्यार्थीकाे चाप धान्न सकस

बाजुराको त्रिवेणी नगरपालिकाको –४ ताेलीमा रहेकाे तोली माविका विद्यार्थी प्राथना गर्दै । तस्तिबर ः सुदूरपाटी

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिकाको –४ तोलीमा रहेको तोलिदेवलडाँडा माविलाई विद्यार्थीको चाप धान्न निकै सकस हुने गरेको छ ।

विद्यालयले पछिल्लो समय गुणस्तरीय शिक्षामा जोड दिदै आएको र विद्यार्थीहरुको चाहाना अनुरुपको पठन पाठन कार्यलाई पहिलो प्राथमिकता दिएसँगै बाहिर देखि भर्ना आउनेको विद्यार्थीको सङ्ख्या बढ्दै गएपछि ताेली देवलडाँडा माविलाई यती बेला विद्यार्थीको चाप धान्न सकस हुने गरेको हो ।

बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्य विद्यालयले प्रत्येक विषयका दक्ष शिक्षक नियुक्ती गर्नुका साथै पठन पाठन कार्यको राम्राे सुरुवात गरेसँगै विद्यालयले आफ्नो शैक्षिक अवस्थामा निकै परिवर्तन ल्याएपछि विद्यार्थी सङख्या निकै बढ्दै गएकाे तोली देवलडाँडा मावि तोलीले जनाएको छ ।

तोलि देवलडाँडा माविमा यहाँका विद्यार्थीहरुको चाहाना अनुरुप पठन पाठन हुने गरेकोले पछिल्लो समय बाहिर देखि विद्यार्थी भर्ना हुने आउने सङख्यामा वृर्द्धि हुँदै गएको तोलि देवलडाँडा माविबाट एसईई दिएर रिजल्टको परखाईमा बसेकी छात्रा एलिजा साँउदले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिला खासै त्यति राम्रो पढाई हुँदैन थियो । एसईईमा पनि प्राय कम विद्यार्थीहरु पास हुने गथ्र्ये । गत वर्ष देखि यहाँका कम्जोर भएका प्रत्येक विद्यार्थीहरुलाई प्रत्येक विषयको ट्युसन कक्षा सञ्चालन गरेपछि यो वर्षमा एसईईमा पनि धेरै विद्यार्थी पास हुने सम्भावना रहेको छ ।” 

पछिल्लो समय विद्यालयले यहाँका विद्यार्थीहरुलाई एसईईमा पास गर्न सहज हुने गरी कक्षा दशमा प्रत्येक विषयको ट्युसन कक्षा सञ्चालन गरी प्रत्येक हप्तामा नमुना परीक्षा लिन थालेपछि मलाई पनि एसईईमा सजिलै पास हुने आश भएको साउँदले बताउनुभयो ।

तोली देवलडाँडा माविका प्रारम्भिक कक्षा देखि १२ सम्मको पढाई हुने गरेको छ । यस विद्यालयले कक्षा ५ र ८ का विद्यार्थीहरुलाई विशेष ध्यान दिने गरी तल्लो कक्षामै पढाईमा सुधार ल्याउने गरेको छ ।

नगरपालिलकाले लिने गरेको कक्षा ५ र ८ को नगर स्तरीय परिक्षामा यस विद्यालयमा प्राय धेरै विद्यार्थी राम्रो अङ्क ल्याएर पास हुने गरेका छन् । विद्यालयले प्रारम्भिक बालकक्षामा नै बालबालिकाहरुको पढाईमा राम्रो सुधार ल्याउँदै गएकोले सो परीक्षामा धेरै विद्यार्थीहरु पास हुने गरेका हुन् ।

बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकोले अहिले यस विद्यालयमा विद्यार्थी चाप बढ्दै गएको तोलीदेवलडाँडा माविका प्राधानाध्यापक विष्णुप्रशाद ओझाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “शैक्षिक क्षेत्रमा सुधार ल्याउनका लागि विद्यालयलाई शिक्षक तथा भौतिक पुर्वाधारको आवश्यक हुने गरेकोले सोही अनुरुप विद्यालयले त्यो व्यवस्था अँझै गर्न सकेको छैन् । यसका लागि स्थानीय प्रदेश र सङ्घीय सरकारलाई आर्थिक सहयोगको माग राख्दै आएका छौ ।”

विद्यालयमा माविमा २, निमावि ४ र प्रावि ५ गरी ११ स्थायी दरबन्दीमा कार्यरत शिक्षक छन् । मावि तहमा १ जना राहत र उच्च माविमा ४ जना अनुदानका शिक्षक छन् । त्यसै इसीडीमा ३ कोटा, एकजना लेखापाल र एक जना विद्यालय सहयोगीको अनुदान दरबन्दी छ । निमाविमा १ जना र विद्यालय सहयोगी २ जना गरी जम्मा ३ जना  विद्यालयको आन्तरिक स्रोतबाट व्यहोर्नेगरी काम गरिरहनुभएको छ । यस बर्ष निजीस्रोत जनशक्ति बढाउनुपर्ने बाध्यात्मक अवस्था छ । त्यसका लागि कसरी स्रोत जुटाउने भन्ने निकै समस्या भएको छ । 

तोली माविमा शैक्षिक शत्र २०८२ मा  प्रारम्भिक बाल कक्षा ८८ कक्षा १ मा ५७ जना कक्षा २ मा ५२ कक्षा ३ मा ५० जना कक्षा ४ मा ३५ कक्षा ५ मा ४५  कक्षा ६ मा ८५ जना कक्षा ७ मा ७१ कक्षा ८  ७० जना कक्षा ९ मा ९० र कक्षा १० मा ३५ जना विद्यार्थीहरु भर्ना भएका छन् । कक्षा ११ मा ६५  कक्षा १२ मा ५६ गरी ६३७ जना विद्यार्थीहरु रहेको देवलडाँडा मालिका प्राधानाध्यापक विष्णुप्रशाद ओझाले बताउनुभयो ।








यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?