किसानकाे आलु खेतीमा आकृषण बढ्दाे

क्याप्सन ः बाजुराकाे बडिमालिका नगरपालिका ढम्कनेबासीकाे आलु खेती । तस्बिर ः शेरबहादुर सार्की
बाजुरा ,जेठ १३ गते । बाजुराका किसानकाे पछिल्लाे समय आलु खेतीमा आकृषण बढ्दै गएकाे छ । यहाँको बुढीगङ्गा, बडिमालिका , त्रिवेणी, गौमुल ,छेडेदह, हिमाली ,जगनाथ , स्वामिकार्तिक खापर गाउँपालिका लगायतका किसानहरु आलु खेती गर्न थालेका छन् ।
आलु खेतीले यहाँका किसानकाे जिविकाेपार्जनमा निकै सहज बनाउँदै गएपछि अहिले यहाँका किसान आलु खेतीलाई व्यवसायिक रुपमा गर्न थालेका हुन् ।
अन्नबाली भन्दा आलु खेतीले जिविकोपार्जनमा सहज भएपछि यहाँका अधिकाशं किसानको पछिल्लो समय आलु खेतीमा आकृषण बढ्दै गएको हो ।
गाउँमा धेरै चिसो हुन्छ । चिसोले अन्नबाली राम्रो उत्पादन हुँदैन । त्यसैले पछिल्लो समय आलु खेती गर्न थालेकाे बडिमालिका नगरपालिका ढम्कनेका किसान बताउँन्छन ।
यहाँ हिउँदे आलु भन्दा वर्खे उत्पादन धेरै हुन्छ । यहाँका किसानले चैतको महिना लगाएको आलु असार साउँनमा निकाल्छन् ।
यहाँका अर्गानिक आलु मात्र उत्पादन हुन्छ । यहाँका प्रत्येक किसानले उत्पादन गरेको आलु अर्गानिक हुन्छ । यहाँ भेडाबाख्रा तथा गाई भैसीको गोबर तथा स्याउँलाको मलबाट आलु उत्पादन गर्ने गर्दछन् । यो आलु खाँदा पनि निकै स्वादिलो र पौष्टिक हुने भएकोले अहिले यहाँका अर्गानिक आलुको देशका विभिन्न ठाँउमा माग हुने गरेको छ ।
पहिला यहाँका किसानले गाउँमा उत्पादन गरेको अर्गानिक आलुले साखै बजार पाउँदैन थियो । २०७५ साल देखि यहाँका स्थानीय तहले गाउँ बस्तीलाई सडक सञ्जालको पहुँचमा गरिदिए सँगै अहिले यहाँको आलुले पनि बजार पाउँन थालेको हो ।
आलुले बजार पाउँन थालेपछि अहिले यहाँका अधिकाशं किसानले अन्नबाली भन्दा आलु खेती बढी गर्न थालेका छन् ।
अहिले यहाँका सयौँ क्वीन्टल भन्दाबढी आलु देशका विभिन्न जिल्लामा नि¥यात हुने गरेको छ । यसरी आलु देशका विभिन्न ठाउँमा बिक्री हुन थालेपछि आलु खेतीले यहाँका किसानको आर्थिक अवस्थालाई समेत सुधारमा ल्याएको छ ।
बाजुराको एक हजार ९२५ हेक्टर जमिनमा झण्डै २० हजार ४७० मेट्रिकटन भन्दाबढी आलु उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी प्रमराज न्यौपानेले बताउनुभयो ।