कटनी खोलाले बगाउँदा एक किशोरी वेपत्ता

गौरीगङ्गा नगरपालिका वडा नं ११ स्थित कटनी खोला । तस्बिर : सुरेश भुल


सुरेश भुल
कैलाली , असार १९ गते । गौरीगङ्गा नगरपालिका वडा नं ११ स्थित कटैनी खोलाले बगाउँदा एक किशोरी वेपत्ता भएकी छन् ।

वेपत्ता हुनेमा गौरीगङ्गा नगरपालिका वडा नं ११ बस्ने १६ वर्षीया स्यानु चौधरी रहेकी छन् ।

आज बिहान रोपाइका लागि बीउ लिएर खेतमा जाने क्रममा एकासी कटनी खोलाले बगाएपछि किशोरी वेपत्ता भएकी हुन् ।

वेपत्ता भएकी किशोरीको अहिले स्थानीय जनप्रतिनिधि र प्रहरीले खाेजी कार्य गरिरहेकाे ईलाका प्रहरी कार्यालय मसुरिया कैलालीले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्