बाढी पीडितलाई राहात वितरण

कैलारी गाउँपालिका ।

सुरेश भुल
कैलाली , असार १९ गते । कैलारी गाउँपालिका वडा नं ७ बसन्ताको छटकपुर टोलका बाढी प्रभाावित परिवारलाई राहात वितरण गरेको छ ।

आज बिहान अविरल वर्षातका कारण सो टोलका १२ घरपरिवार डुबानमा परेपछि चिउरा,साबुन,सरफ,खानेपानी,पेष्ट,चाउचाउ लगायतका खाद्यान सामाग्री वितरण गरेको गाउँपालिकाले जनाएको छ ।

बाढी प्रभावित परिवारलाई केही समयका लागि खाद्यानमा सहज हुने गरी सो राहात सामाग्री विरतण गरेको कैलारी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशीले बताउनुभयो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्