अवरुद्ध सडक पुनः सुचारु

क्याप्सन ः सडक डिभिजन कार्यालय अछामबाट आएको स्काइभेटर साँफे मार्तडी सकड अन्तर्गत पर्ने गडखेत नजिकको सडकमाथिबाट आएको पहिरो पन्छ्याउँदै । तस्बिर ः सुदूरपाटी
बाजुरा , असार २३ गते । बाजुराको साँफे–मार्तडी सडक पुन सुचारु भएको छ ।
हिजो राती परेको अविरल वर्षातका कारण मार्तडी गडखेत नजिकको सडकमाथिबाट आएको पहिरोले बिहान पाँच देखि छ बजे सम्म सडक अवरुद्ध भएको थियो ।
सडक डिभिजन कार्यालय अछामले बिहान आठ बजे त्यो पहिरोलाई पन्छ्याएपछि अहिले सो सडक पुन सुचारु भएको हो ।
सदरमुकाम मार्तडीको गडखेत नजिकको सडकमाथिबाट आएको पहिरो बिहान केही घण्टामा बाटो अवरुद्ध भएको थियो ।
अहिले त्यो सडकको पहिरोलाई स्काइभेटर मार्फत पन्छ्याएपछि सो सडक पुन सुचारु भएको सडक डिभिजन कार्यालय अछामका सुपरभाईजर गोकुल गिरीले बताउनुभयो ।