बाढीले रोपेको धान पुरिदिएपछि स्थानीय चिन्तामा

कञ्चनपुरकाे पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिकाको बीचमा रहेको दोदा नदिले पुरेकाे धान । तस्बिर : तेजबहादुर सार्की

तेजबहादुर सार्की
कञ्चनपुर , असार २७ गते । कञ्चनपुरकाे पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिकाको बीचमा रहेको दोदा नेदिले यस वारपारमा रहेको जमिनमा रोपेको धान पुरिदिएपछि यहाँका स्थानीय निकै चिन्तित भएका छन् ।

असार २३ गते दोदा नदिमा आएको बाढीले पुनर्वास , वेलौरी र लालझाडी गाउँपालिकाका लगायतका स्थानीयले रोपेको धान सबै पुरिदिएपछि उनीहरु चिन्तामा परेका हुन् ।

असारमा रोपेको धान बाढीले पुरिदिएपछि हिउँदमा कसरी परिवार पाल्ने चिन्ता लान थालेको लालझाडी गाउँपालिका –१ नौरङगाका स्थानीय बलराम रानाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो भन्दा पहिला सधै त्यहि जमिनको धानले परिवार पाल्ने गरेको थिए । यो वर्ष त्यो जमिनमा रोपेको सबै धान बाढीले बगाएपछि कसरी परिवारलाई पाल्ने चिन्ता छ ।”

बाढीले रोपेको धान सहित यहाँ अधिकाशंले लगाएको उखु मकै समेत सबै पुरिदिएको रानाले बताउनुभयो ।

असार २३ गते दोदा नदिमा आएको बाढीले पुनर्वास बेलौरी लालझाडी लगायतका स्थानीयको झण्डै दुइ सय बिघा जमिनमा लगाएको धान , उखु र मकै सबै नष्ट पारेको छ ।

दोदा नदिमा आएको बाढीले यहाँका अधिकाशं स्थानीयले लगाएको धान ,उखु र मकै ठुलो मात्रामा क्षति गरेको लालझाडी गाउँपालिका वडा नं –१ वडा अध्यक्ष प्यारेलाल रानाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले कसको के कती क्षति भएको त्यो सबै तथ्याङक सङकलनन गर्ने काम भइरहेको छ ।”

तथ्याङक सङ्कलन गरिसकेपछि राहत वितरण गर्ने कुरामा छलफल गरिने वडा अध्यक्ष रानाले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्