गााउँमै आँखा उपचार केन्द्र स्थापना भएपछि स्थानीय हर्षित

क्याप्सन ः लालभलाडी गाउँपालिका –२ मा स्थापना गरिएको आँखा उपचार केन्द्र । तस्बिर ः तेजबहादुर सार्की

तेजबहादुर सार्की
कञ्चनपुर , साउँन १ गते । कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका वडा नं –२ शङ्करपुरमा आँखा उपचार केन्द्र स्थापना भएपछि स्थानीय हर्षित भएका छन् ।

गाउँमै स्थापना गरेको सो आँखा उपचार केन्द्रमा यहाँका स्थानीयले सहज सरल तथा निशुल्क रुपमा आँखा चेक जाँच गर्न पाएपछि उनीहरु निकै हर्षित भएका हुन् ।

यो भन्दा पहिला सामान्य आँखा चेक जाँचका लागि दुइ घण्टा यात्रा गरेर कैलालीको गेटामा अस्पतालमा जानु परेको लालझाडी गाउँपालिका –२ शङ्करपुरका स्थानीय बनबारी रानाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “गाउँमै आँखा उपचार केन्द्र स्थापना भएपछि यती बेला भने आँखा चेक जाँच गर्न निकै सहज भएको छ ।”

गाउँमै स्थापना गरेको आँखा उपचार केन्द्रले आँखा चेक जाँच गर्न मात्र सहज नभई गाउँ देखि गेटामा आउजाउ गर्दा लाग्ने पैसा समेत बचत भएको रानाले बताउनुभयो ।

यहाँका नागरिकहरुले सामान्य आँखाको रोगका लागि कैलाली जिल्लाको गेटामा जाँने गरेका थिए । यती बेला उनीहरुलाई अप्रेसन बाहेक अरु सबै चेक जाँचको सेवा गाउँमै दिने गरेको आँखा उपचार केन्द्र लालझाडीका प्रमुख निकेत रानाले बताउनुभयो ।

लालझाडी गाउँपालिका १ देखि ६ वडाका स्थानीयलाई आँखा उपचार गर्नका लागि कैलाली जानु पर्ने भएकोले यती बेला यहाँका स्थानीयको त्यो समस्या हल हुने गरी अहिले गाउँपालिकाले गाउँमै आँखा उपचार केन्द्र स्थापन गरेको लालझाडी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले बताउनुभयो ।

 

 

 

 

 

 

 

 

 


सडक डिभिजन कार्यालय अछाम साँफे–मार्तडी सडक अन्तगर्त पर्ने बल्दे अम्कोट सडकको माथिबाट बग्ने पानीका मुहान व्यवस्थापन गर्दै । तस्बिर ः शेरबहादुर सार्की

 

 

 

 

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्