सुत्केरी तथा गर्भवती महिलालाई निःशुल्क अल्ट्रासाउन्ड सेवा

क्याप्सन ः गौरिगङगा नगरपालिका । तस्बिर ः सुरेश भुल
सुरेश भुल
कैलाली, साउँन २ गते । कैलालीको गौरीगङ्गा नगरपालिकाले यहाँका ११ वटै वडामा रहेका सुत्केरी तथा गर्भवती महिलाहरूलाई निशुल्क रुपमा ग्रामिण अल्ट्रासाउन्ड उपलब्ध गर्दै आएको छ ।
पालिकाले २०७९ साल देखि गाउँमा रहेका सुत्केरी तथा गर्भवती महिलाहरूलाई निशुल्क रुपमा ग्रामिण अल्ट्रासाउन्ड सेवा उपलब्ध गर्दै आएको हो ।
गर्भवती भएको बेला अल्ट्रासाउन्ड गर्नका लागि झण्डै दुइ घण्टाको यात्रामा धनगढीमा जानु पर्थ्याे । अहिले याे सबै सेवा पालिकामै पाउँन थालेपछि यती बेला हामीलाइ गर्भजाँच गराउँन निकै सहज भएको गौरीगङ्गा नगरपालिका वडा नं –११ की निर्मला चौधरीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ गर्भवती भएको बेला अल्ट्रासाउन्ड सेवा लिनका लागि बाहिर जानु पर्दथ्र्यो अहिले त्यो सबै सेवा पालिकामै रहेका सबै आधारभूत तथा स्वास्थ्य संस्थामै लिने गरेका छौ ।”
पालिकाले यसरी गाउँमै सुरु गरेको यो सेवाले म जस्तै अन्य गर्भवती महिलालाई समेत निकै सहज भएको चौधरीले बताउनुभयो ।
२०७९ साल देखि यस पालिकाले यहाँका गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य जाँच गर्नका लागि एम्बुलेन्स सहित निःशुल्क रुपमा ग्रामिण अल्ट्रासाउन्ड सेवा दिदै आएको गौरीगङ्गा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ईश्वरी प्रसाद भुसालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ अहिले यो कार्यक्रम यहाँका प्रत्येक वडामा रहेका आधारभूत स्वास्थ्य संस्थाबाट सञ्चालन हुँदा सुत्केरी तथा गर्भवती महिलालाई स्वास्थ्य चेक जाँच गर्न निकै सहज भएको छ ।”
सुत्केरी हुँदा कहिल्य पनि गर्भजाँच गर्न नआउने यहाँका अधिकाशं महिला पछिल्लो समय प्रत्येक महिनाको एक पटक अनिवार्य स्वास्थ्य चेक जाँच गर्न थालेका छन् ।
गत आर्थिक वर्ष २०८०÷०८१ सालमा यस नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाबाट ग्रामिण १ हजार ७२१ जनाले सेवा लिएको भुसालले बताउनुभयो ।
आर्थिक अवस्था कम्जोर विपन्न परिवारका सुत्केरी तथा गर्भवती महिलालाई सहज हुने गरी नगरपालिकाले वडामा रहेका सबै स्वास्थ्य संस्थाबाट पछिल्लो समय एम्बुलेन्स सहितको निशुल्क ग्रामिण अल्ट्रासाउन्ड प्रवाह गर्दै आएको गौरीगङ्गा नगरपालिकाले जनाएको छ ।