ग्रामिण सडक अवरुद्ध

वर्खाको समय पहिरोको कारण अवरुद्ध बन्दै गएकाे बेतालमाण्डाै त्रिशक्ती ग्रामिण सडक । तस्बिर ः सुदूरपाटी

शेरबहादुर सार्की
बाजुरा, साउँन ४ गते । बाजुरामा हिउँदको महिना राम्रो सँग सुचारु हुँदै आएका अधिकाशं ठाउँका ग्रामिण सडक वर्खाको समय अवरुद्ध बन्दै गएका छन् ।

जिल्लाको बुढीगङ्गा , त्रिवेणी , खप्तडछेडेदह , बडिमालिका , गौमुल , बुढीन्दा , स्वामिकार्तिक जगनाथ लगायत दर्जनौ भन्दाबढी ग्रामिण सडक यती बेला अवरुद्ध हुँदै आएका छन् ।
असारको दोस्रो हप्ता देखि लगातार परेको अविरल वर्षातका कारण यहाँका ग्रामिण सडक अवरुद्ध बन्दै गएका हुन् ।

अविरल वर्षातका कारण बुढीगङ्गा नगरपालिका –८ मा स्थित बेलातमाण्डौ , झाली , खप्तड छेदह गाउँपालिकाको पुडाबाउला हुँदै लिसाना डोगडी सम्म जाने सडक पनि पुर्ण रुपमा अवरुद्ध हुँदा आउजाउमा निकै समस्या हुने गरेको यहाँका स्थानीय बताउँछन् ।

बेतालमाण्डौ त्रिशक्ती सडकमा सडकमा गएको पहिरोको कारण बाटो बन्द भएपछि अहिले यहाँका स्थानीयलाई घर देखि बजार सम्ममा आउजाउमा निकै समस्या हुने गरेको बुढीगङ्गा –८ बेतालमाण्डौका स्थानीय खडक बिष्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो सडक कालोपत्रे गर्नाका लागि स्थानीय सरकारले ठेकेदार कम्पनीलाई जिम्मा दिएको भएपनि कम्पनीको लापरबाहीका कारणमा गएको पहिरो नपन्छ्याएपछि अहिले बाटो बन्द भएको हो ।”

यसै सडक देखि बाह्रविस , झाली , पुडाबाउला , लिसाना , गुदूखाती , डोगडीका स्थानीय दैनिक उपभोग्य सामाग्री ढुवानी गर्ने गर्दछन् ।
यो सडकमा गएको पहिरोलाई लामो समय सम्म नपन्छ्याएपछि अहिले यहाँका स्थानीयलाई बेतालमाण्डौ देखि गाउँ घर सम्म दैनिक उपभोग्य सामाग्री ढुवानी गर्न निकै समस्या भएको विष्टले बताउनुभयो ।

यता पानी नरोकिएको कारण सडक मर्मत गर्न निकै समस्या भएपछि सडकमा गएको पहिरो पन्छ्याउन केही समय लाग्ने ठेकेदार कम्पनीले बताएको छ ।
ग्रामिण क्षेत्रमा निर्माण हुँदै गरेका योजना प्राय वडापालिकालाई जिम्मेवारी नहुँदा ती योजना निर्माण कार्यमा सधै लापरबाही हुने गरेको बुढीगङ्गा नगरपालिका –८ का वडा अध्यक्ष रमेश रावलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बेलातमाण्डौ त्रिशक्तीको ग्रामिण सडक निर्माणका लागि पटक पटक ठेकेदार भन्दै आएको छौ । पानी नरोकिएको कारण त्यो सडक निर्माणमा समस्या भएको छ । अहिले मर्मत गरेपनि पछि पानीले फेरि उस्तै बनाउँछ । ”

वर्खाको समय यहाँका धेरै ग्रामिण सडक अवरुद्ध भएका छन् । अहिले पानी परेको कारण ती सडक सञ्चान गर्न सकेको छैन् । केही दिनमा पानी रोकिएपछि ठेकेदार कम्पनीलाई भनेर यी सडक चाँडै सुचारुका लागि पहल कदमी गर्ने वडा अध्यक्ष रावलले बताउनुभयो ।

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्