नयाँ घर पाएपछि वाँणीका स्थानीय हर्षित्

कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नं –५ वाँणीका स्थानीयका नयाँ घर । तस्बिर : तेजबहादुर सार्की

तेजबहादुर सार्की
कञ्चनपुर, साउन १२ गते । कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नं –५ वाँणीका स्थानीय नयाँ घर पाएपछि हर्षित भएका छन् ।

आर्थिक वर्ष २०८०÷०८१ मा पालिकाले वाँणीका आर्थिक अवस्था कम्जोर भएका दश परिवारको घर निर्माण गरिदिएपछि उनीहरु हर्षित भएका हुन् ।

घरको आर्थिक अवस्था कम्जोर भएका कारण हिउँदमा चिसो र वर्खाको समय चर्को घाम पानीमा त्रिपालमुनीको बास गर्दै आएको बेलामा गाउँपालिकाले निर्माण गरिदिएको नयाँ घरमा बास बस्न पाउँदा निकै खुसी लागेको लालझाडी गाउँपालिका वडा नं –५ का स्थानीय मदन नेपालीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “घरको आर्थिक अवस्था निकै दयनीय हुँदा घर लगाउन सकेको थिएन । घर नहुँदा हिउँदको सिचो वर्खाको समय चर्को घाम र पानीमा त्रिसालको सहारा लिएर रात काट्ने गरेको थिए ।

यती बेला लालझाडी गाउँपालिकाले घरबासको व्यवस्था गरिदिएपछि अहिले नयाँ घरमा आराम सँग बसोबास गर्दै आएको छु । विगतका दिनमा घर नपाएर भोग्नु पर्ने ती सबै समस्या यती बेला हटेको भएको नेपालीले बताउनुभयो ।

पछिल्लो समय लालझाडी गाउँपालिकाले यहाँका १ देखि ६ वडामा रहेका गरिब , विपन्न तथा दलित परिवारलाई घर बासको व्यवस्था गर्दै आएको छ ।

यती मात्र होइनकी गाउँपालिका यी गाउँ बस्तीका स्थानीयलाई सफा खानेपानी तथा उनीहरुको जीविकोपार्जनका लागि विभिन्न कृषि कार्यक्रममा समेत सञ्चालन गर्दै आएको छ ।

आर्थिक वर्ष २०८०÷०८१ मा लालझाडी गाउँपालिकाको वडा नं –५ वाँणीका दश घरपरिवारको घर निर्माणका लागि तीस लाख रकम विनियोज गरेको लालझाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ वाँणीको दश घरपरिवारको घरबासका लागि गाउँपालिकाको तीस लाख र गाउँपालिकाको समन्वयमा निड्स नेपालको बीस लाख र स्थानीयको पन्ध्र लाख श्रमदान गरी जम्मा पैसट्टी लाखमा दश घर निर्माण भएका हुन् । ”

घरबासको व्यवस्था नहुँदा लामो समय देखि हिउँदमा चिसो वर्खाको चर्को घाम पानीमा रात काटी रहेको यहाँका स्थानीय यती बेला नयाँ घरमा राम्रो सँग बसोबास गरिरहेको सार्कीले बताउनुभयो ।

 

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्