सडक निर्माणमा लापर्बाहीका विद्यालय जोखिममा
शेरबहादुर सार्की
बाजुरा, साउन १४ गते । बाजुराको बल्दे आटिचौर सडक निर्माणमा लापर्बाहीका कारण बसन्त आधारभूत विद्यालय जोखिममा रहेको छ ।
सडक निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीको लापरबाहीका कारण बूढीगङ्गा नगरपालिका –२ बह्रमतोला स्थित सानकाटीयामा रहेको बसन्त आधारभूत विद्यालय पहिरोको उच्च जोखिममा रहेको हो ।
सडकको काम समयमै सम्पन्न नगरेको कारण विद्यालयको मुनीमा पहिरो गएपछि यती बेला पुरै विद्यालय जोखिममा रहेको बसन्त आधारभूत विद्यालयका प्राधानाध्यापक बहादुर थापाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले ठेकेदारलाई पहिला नै भनेका थियौ । विद्यालयको मुनी तपाइले सडक निर्माण गर्नु भएको छ । यो सडकको कारण भोली विद्यालय जोखिममा नपरोस । तपाई सबै भन्दा पहिले यो विद्यालयको मुनीको सडक राम्रो सँग छिटो निर्माण गर्नु होस ।”
तर ठेकेदारले हाम्रो भनेको केही सुनवाई नगरेकै कारण यती बेला विद्यालयको मुनी पहिरो गएपछि अहिले विद्यालय जोखिममा रहेको थापाले बताउनुभयो ।
बल्दे आटिचौर सडक बसन्त आधारभूत विद्यालयको मुनीमा छ । यो सडक दुइ वर्ष पहिला नै निर्माण गरिसक्नु पर्ने हो तर अहिले सम्म काम सम्पन्न भएको छैन् ।
सडक निर्माणको काम ढिलाई भएको समाचार आएपछि काम गर्ने र त्यसपछि ठेकेदार नै गायव हुने गरेकोले सडक निर्माणको काम ढिलाई भएको हो ।
बाहिर पानी परेको बेला विद्यार्थी पनि भित्र राख्नु पर्ने हुन्छ । विद्यालयको मुनी पहिरो छ । कती बेला पुरै विद्यालय पहिरोमा पर्ने हो की भन्ने डरले विद्यार्थीलाई भित्र राखेर पढाउँ निकै समस्या हुने गरेको प्राधानाध्यापक थापाले बताउनुभयो ।
२०७९ साल चैत मसान्त सम्म काम सम्पन्न गर्ने गरी २०७७ साल असारमा जयदेवि एस,एस निर्माण सेवा प्रालिले सेरा आटिचौर अन्तर्गत पर्ने बल्दे देखि धुरालसैन सम्मको पाँच किलोमिटर छ सय मिटर सडक निर्माण कार्यको जिम्मा लिएको थियो ।
२०७९ चैत महिना सम्म सडकको स्तरोन्नत गर्ने गरी कामको जिम्मा लिने ठेकेदारको लापर्बाहीले सडक निर्माणको काम छिटो नहुँदा आटिचौर डोगडी लगायतका स्थानीयबासीलाई दैनिक उपाभोग्य समाग्री ढुवानी समस्या भएको छेडेदह गाउँपालिकाका स्थानीय हर्कबहादुर बुढाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “स्थानीय,प्रदेश र सङ्घीय सरकारले गाउँको विकास छिटो गर्ने गरी स्थानीयलाई उपलब्ध गर्दै आएका अधिकाशं योजना ठेकेदारको लापर्बाहीका कारण सधै यसरी नै अलपत्र पर्ने गरेका छन् ।”
ठेकेदार कम्पनीले कामको जिम्मा लिने र समयमै काम सम्पन्न नगरेपछि बाजुराको यी जस्तै दर्जनौ भौतिक संरचना निर्माणको काम अलत्रप पर्दै गएको बुढाले बताउनुभयो ।
वर्खाको समय लगातार पानी परेको कारण सडक निर्माणमा समस्या हुने गरेको अनब जयदेवि एस.एस प्रालिका प्रतिनिधि बिरेन्द्र शाहीले बताउनुभयो ।
ठेकेदार शाहीले २०७९ सालमा सेरा आटिचौर सडक अन्तर्गत पर्ने बल्दे देखि धुरालसैन सम्मको पाँच किलोमिटर छ सय मिटर सडक असार सम्म कालोपत्रे गर्ने गरी २०७७ सालको असारमा झण्डै ११ करोडमा जिम्मा लिएको पुर्वाधार विकास कार्यालय अछामका प्रमुख रुद्धबहादुर बोगटीले,बताउँनुभयो ।
उहाँले भन्नुभयो, “२०७७ साल असारमा सेरा आटिचौर सडक अन्तर्गत बल्दे देखि धुरालसैन सम्मको झण्डै ६ किलोमिटर सडक कालोपत्रे गर्नका लागि २०७९ चैत मसान्त सम्म पुरा गर्ने गरी पछिल्लो समयमा काम सुरु गर्न लगाएको हो ।”
ठेकेदार कम्पनीले अघिल्लो असार सम्मको म्याद थप गर्न आग्रह गर्दै आएपनि कार्यालयले म्याद थपेको छैन । केही दिन पहिला उसले काम सुरु गरेकोले कम्पनीलाई गर्न दिने वा नदिने अहिले केही निर्णय नभएको प्रमुख बोगटीले बताउँनुभयो ।