शीतभण्डार निर्माण कार्यमा ढिलाई

निर्माण कार्यमा ढिलाई भएको बडिमालिका नगरपालिका –८ मार्तडीमा निर्माण भइरहेको शीतभण्डार । तस्बिर ः शेरबहादुर सार्की


शेरबहादुर सार्की

बाजुरा , साउन २३ गते । बाजुराको बडिमालिका नगरपालिकामा –८ मार्तडीको शीतभण्डार निर्माण कार्यमा ढिलाई भएको छ ।

२०८० साल देखि सो शीतभण्डार निर्माणको काम पुरा गर्ने गरी एसएच कन्ट्रक्सन प्रालिले २०७८ साल बैशाख २९ गते सम्झौता गरेका हुन् ।

शीतभण्डार निर्माणको कामको जिम्मा लिएको सो एसएच कन्ट्रक्सन प्रालिको लापर्बाहीका कारण निर्माणको काममा ढिलाई भएको यहाँका स्थानीय बताउँछन् ।

२०७८ साल देखि निर्माण हुन थालेको मार्तडीको शीतभण्डार चार पुग्दा पनि निर्माणको काम सम्पन्न नभएको बडिमालिका नगरपालिका –४ कृषक हर्कनाथले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ शीतभण्डारको व्यवस्था चाँडो भइदिएको भए त्यसमा हामीले उत्पादन गरेको तरकारी लामो समय सम्म राख्न सकिन्थ्यो । ”

त्यो शीतभण्डार निर्माणको काम ढिलाई भएपछि हामीले हिउँद वर्खामा उत्पादन गरेको तरकारी लामो समय बारीमा राख्न समस्या हुने गरेको कृषक नाथले बताउनुभयो । 

बाजुराको सदरमुकाम मार्तडीमा हिउँदको महिना चार हजार र वर्खाको समय दुइ हजार ५५६ मेट्रिक्टन तरकारी उत्पादन हुने गरेको बडिमालिका नगरपालिका कृषि शाखा प्रमुख रमेशराज विकले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ बडिमालिका नगरपालिकामा  हिउँद र वर्खा गरी करिब ६ हजार भन्दाबढीको मेट्रिक्टन आलु , काउली , गोल्भेडा, जुकेनी र काँक्रा उत्पादन  हुन्छ ।”

यहाँका किसानले उत्पादन गरेको यो तरकारीलाई स्टोर गर्नका लागि मार्तडीमा अनिवार्य शीतभण्डारको आवश्यक रहेको विकले बताउनुभयो ।

बाजुराको ओलेना , रजाली , गडखेत , जिल्ली लगायतका ठाउँमा पछिल्लो समय आलु , काउली , बन्दा काँक्रा , खुर्सानी , सिमि , गोल्भेडा राम्रो उत्पादन हुने गरेको छ । 

यहाँका स्थानीयले त्यो उत्पादन गरेको तरकारीलाई स्टोर गर्ने हो भने तरकारी खेतीबाट नै उनीहरुलाई जिविकोपार्जन गर्न निकै सहज हुन्छ ।

यहाँका किसानले उत्पादन गरेको तरकारीलाई स्टोर गर्ने उद्देश्यले मार्तडीमा कोल्ड स्टोर निर्माण भइरहेको छ । तर त्यो अहिले सम्म निर्माणको काम सम्पन्न भने नभएको बडिमालिका नगरपालिका नगर प्रमुख अम्मर खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्थानीय तहमा आएका जुनसुकै योजना स्थानीयको तहको मातहतमा रहेर काम गर्नु पर्ने हो त्यसो  नहुँदा योजनाको काममा लापरबाही हुने गरेको हो । ”

यसको एक उदारहण मार्तडीमा निर्माण हुन थालेको शीतभण्डार पनि एक हो । यो २०८० सालको साउँनमा नै निर्माणको काम सम्पन्न हुनु पर्ने हो तर २०८१ को असार महिनाको पनि अन्त्य हुँदा सम्म पनि त्यसको निर्माण कार्य सम्पन्न नभएको नगरप्रमुख खड्काले बताउनुभयो ।

यता शीत भण्डार निर्माणको जिम्मेवारी लिएका एसएच कन्ट्रक्सन प्रा.लि मार्तडीले भने शीतभण्डार निर्माणको काम यली बेला अन्तिम चरणमा रहेको बताएको छ ।

२०८० आसर १० गते निर्माणको काम सम्पन्न गर्ने २०७८ बैशाख २९ गते ४१ लाख ९६ हजार ६४५ रुपियाँमा एसएच कन्ट्रक्सन प्रा.लि मार्तडी बाजुराले जिम्मा लिएको कृषि विकास निर्देशनालय दिपायल डोटीले जनाएको छ ।

सो कम्पनीले सम्झौता अनुसार शीतभण्डार निर्माणको काम काम सम्पन्न नगरेकोले त्यसको दोस्रो किस्ता रकम रोकिदिएको कृषि विकास निर्देशनालय दिपायल डोटीका निर्देशक खगेन्द्रप्रशाद शर्माले बताउनुभयो ।





















यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्