घोडाघोडी अस्पतालमा एनोमली स्क्यान सेवा सञ्चालन

कैलालीको घाेडाघाेडी नगरपालिका –१ सुखड कैलालीमा रहेको घोडाघोडी अस्पतालले सञ्चालनमा ल्याएको एनोमली स्क्यान सेवा । तस्बिर : सुरेश भुल

सुरेश भुल

कैलाली, साउन, २६ गते  । कैलालीको घाेडाघाेडी नगरपालिका –१ सुखड कैलालीमा रहेको घोडाघोडी अस्पतालले यती बेला एनोमली स्क्यान सेवा सञ्चालनमा ल्याएको छ । 

बिरामीहरुको चेकजाँच गर्न सहज हुने गरी सो अस्पतलाले पछिल्लो समय अत्याधुनिक स्क्यान मेसिन अर्थात एनोमली स्क्यान सेवा सञ्चालनमा ल्याएको हो ।

यो सेवा यस क्षेत्र कै पहिलो रहेको घोडाभोडी अस्पताल सुखड १ कैलालीका सुचना अधिकारी सोमेन्द्र चौधरीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ एनोमली स्क्यानबाट १८ हप्ता देखि २२ हप्ता पुगिसकेपछि पेट भित्रको बच्चाको शारीरिक वृद्विविकासको अवस्था बारेमा थाहा हुन्छ ।”

बरिष्ट रेडियोलोजिस्ट डा. राकेस कुमार झा. सहितको टिमले विहान ८ बजे देखि ११ बजे सम्म बेलुका ३ बजे देखि ७ बजे सम्म एनोमली स्क्यान सेवा प्रदान गर्दै आएको चौधरीले बताउनुभयो ।

घोडाघोडी अस्पताल १ सुखड कैलालीले पेट , छाती , मुटु , कलेजो , रोगको उपचार , दम, मधुमेह , थाइराईड , सुगर , ब्लडप्रेसर , दमखोकीको लगायतका रोगको विशेषज्ञ डाक्टर मार्फत उपचार गर्दै अाएकाे छ।

यहाँ रगत , दिशा , पिसाब र खकार पनि अत्याआधुनिक मेसिनबाट समेत जाँच गरिन्छ । त्यस्तै पाठेघरको भिडियो एक्सरे सेवा, शरीरमा भएका गाँठागुठीको भिडियो एक्सरे , घाँटीको थाइराईड सम्बन्धि भिडियो एक्सरे , महिलाको स्तनका गाँठागुठीको भिडियो एक्सरे , गर्भवतीको भिडियो एक्सरे , पुरुषको अण्डकोषमा भएका गाँठागुठीको भिडियो एक्सरे , कलेजो , पित्तथैली , मृगौलाको भिडियो एक्सरेकाे पनि राम्राे सुविधा  रहेकाे छ घोडाघोडी अस्पतालका सञ्चालक चिरन जोशीले बताउनुभयो । 

अस्पतालले यी सबै सेवा सञ्चालनमा ल्याए सँगै अहिले घोडाघोडी , लम्की , टिकापुर ,बर्दगोरीया , भजनी ,जानकी जोशीपुर , मोहन्याल ,घोडाघोडी  गौरीगङ्गा र कैलारी लगायतका विभिन्न पालिका ठाउँबाट बिरामी आउने गरेको अस्पतालले जनाएकाे छ ।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्