माछा पोखरीमा बाढी पसेपछि लाखौको क्षति

कटैनी खाेलामा अाएकाे बाढीले घोडाघोडी –१ सुखड कैलालीका उन्नती सप्लायर्सका सञ्चालक हरिनन्द जोशीकाे गाैरीगङ्गा नगरपालिका ११ झण्झटपुर चम्रैया तलाउमा क्षति रहेकाे माछा । तस्बिर : सुरेश भुल

सुरेश भुल

कैलाली , भदौ ५ गते । कैलालीको गौरीगङ्गा नगरपालिका वडा नं ११ को झण्झटपुर चम्रैया तलाउमा रहेको माछा पोखरीमा बाढीले लाखौको क्षति गरेको छ । 

२०८१ भदौ ५ गते राती कटैनी खोलामा आएको बाढी सो तलाउमा पसेपछि २२ लाख ५० हजार बराबरको माछामा क्षति गरेको हो ।  

कैलालीको गेटा माछापालनबाट करिब ७५ क्वीन्टल माछा ल्याएर यो तलाउमा राखेकाे थिए । गए राती सोही तलाउमा बाढी पसेपछि अहिले सबै माछा सखाप भएकाे घोडाघोडी नगरपालिका वडा नं –१ सुखड कैलालीका उन्नती सप्लायर्सका सञ्चालक हरिनन्द जोशीले बताउनुभयो ।


























यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्