कोहलपुर आठका प्रेम कामी बेपत्ता खोजी कार्यमा सहयोग माग्दै आफन्त
तेजबहादुर सार्की
कैलाली , भदौ ९ गते । बाँकेको कोहलपुर नगरपालिका–८ भट्ट पीपीरिका ५८ वर्षीया प्रेमबहादुर कामी भदौ एक गते बेपत्ता भएका छन् ।
मानसिक रोगका कारण लामो समय देखि नर्सिग हस्पिटलमा उपचार गरिरहेका प्रेमबहादुर कामी भदौ एक गते देखि घरबाट नै बेपत्ता भएका हुन् ।
कामी हराएको पछिल्लो दिनमा कोहल्पुरमा रहेको हल्दावरपुर प्रहरी चौकीमा खबर गरेको भएपनि अहिले सम्म कतै अत्तोपत्तो नलाएको उहाँका छोरा अम्मरसिह बिकले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ घरमा कोही नभएको बेलामा बुवा घरबाट निस्केको र त्यसपछि अहिले सम्म कतै पनि फेला नपरेकोले अहिले हामीले बुवाको खोजीमा सबैलाई सहयोग मागिरहेका छौ ।”
भदौ १ गतेदेखि बेपत्ता भएका बुवालाई कोही कसैले फेला पार्नु भएमा मेरो ९८२९६०९९३७ फोन नम्बरमा सम्पर्क गरिदिन अनुरोध गरेको छोरा अम्मरसिह विकले बताउनुभयो ।
पत्ता भएका कामीको घरमा श्रीमति र दुइ छोरा र दुई बुहारी रहेका छन् । श्रीमति बाहेक छोरा बुहारी सबै कामको खोजीमा भारतमा बस्दै आएका छन् । अहिले बुवा हराएको खबर सुनेपछि उहाँको जेठा छोरा अम्मरसिंह बिक घरमा आएर बुवाको खोजी कार्यमा सहयोग माग्दै आउनु भएको छ ।
यता इलाका प्रहरी कार्यालय कोहल्पुरले बेपत्ता भएकाहरुको खोजी कार्य गरिदिनका लागि यहाँ पेश भएका निवेदन अनुसार फेला परेपछि उहाँको आफन्तलाई जिम्मा दिने गरेको छ । उहाँको कोही पनि आफन्त सम्पर्कमा नआएपछि उनीहरुलाई कोहलपुरमा रहेको नील सागर कोहलपुर बाँकेमा पठाउने गरेको जनाएको छ ।
भदौ एक गते तीन जना हाम्रो संस्थामा आएका हुन् । तर ती जनालाई सोधपुछ गर्दा यहाँ प्रेमबहादुर कामी नामको कोही नरहेको नील सागर संस्थाका स्वस्थी क्षेत्रीले बताउनुभयो ।