सडक मर्मत नहुँदा स्थानीयलाई सास्ती

पहिराकाे कारण अवरुद्ध बन्दै गएका बाजुरा ग्रामिण सडक । तस्बिर ः सुदूरपाटी

शेरबहादुर सार्की

बाजुरा, भदाै ११ गते । बाजुराको बेतालमाण्डौ देखि झाली हुँदै खप्तड छेडेदह गाउँपालिका जाने ग्रामिण सडक मर्मत नहुँदा स्थानीयलाई आउजाउमा निकै सास्ती खेप्दै आउनु परेको छ ।

अविरल वर्षातका कारण गत असारको पहिलो हप्ता देखि अवरुद्ध भएको सो ग्रामिण सडक लामो समय देखि मर्मत नहुँदा यहाँका यहाँका स्थानीयले घर देखि बेतालमाण्डौ बजार सम्म आउजाउमा सास्ती खेप्दै आउनु परेको हो ।

असारको पहिलो हप्ता देखि अवरुद्ध भएको यो ग्राणिम सडक लामो समय देखि मर्मत नहुँदा यहाँका स्थानीयलाई दैनिक उपभोग्य ढवानी गर्न निकै सास्ती खेप्दै आउनु परेको बुढीगङ्गा नगरपाकिाल –८ का स्थानीय खडक विष्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ खप्तड छेडेदह गाउँपालिकाको टुनीसैन , पुडावाउला र यताको झाली सिमलकोट खारेखेत र बाइल लगाउतका स्थानीय दैनिक उपभोग्य सामाग्री ढुवानी गर्नका लागि सधै यसै बाटोमा आउजाउ गर्ने गर्दछन् ।”

यती बेला यो बाटो असार देखि अहिले सम्म अवरुद्ध भएपछि अहिले यहाँका स्थानीयलाई बेतामाण्डौ बजार देखि दैनिक उपभोग्य सामाग्री घरमा लिन निकै समस्या भएको विष्टले बताउनुभयो ।

गत वर्ष नियमित सुरुचारु हुँदै आएको बेतालमाण्डौ त्रिशक्ति सडक यो वर्ष भने असारको पहिलो हप्ता देखि नै अवरुद्ध हुँदै आएको छ ।

बेतामाण्डौ देखि त्रिशक्ति सम्मको ग्रामिण सडक कालोपत्रे गर्ने गरी यता बुढीगङ्गा नगरपालिकाले बङ्लामुखी कन्स्ट्रक्सनलाई निर्माणको जिम्मा दिएको छ । 

सडक निर्माण गर्दा कुनै पनि स्थानीय तथा सवारी साधानलाई आवागमनमा रोक नलगाएर  सडक निर्माणको काम सुचारु हुनु पर्ने स्थानीय बताउँछन् ।

तर यता ठेकेदार कम्पनीले भने असार देखि सो सडक मर्मत नगरेर बाटो अवरुद्ध बन्दै गएको छ । यसरी लामो समय देखि बाटो बन्द हुँदा अहिले यहाँका स्थानीयलाई दैनिक आउजाउमा समेत सास्ती खेप्दै आउनु परेको छ ।

बेतालमाण्डौ–त्रिशक्ति सडकको दोस्रो मोडमा काम भइरहेका बेला यहाँका केही स्थानीयले काममा बाधा पु¥याएपछि सडक निर्माणको काम रोकिएको बङ्लामुखी कन्स्ट्रक्सन प्रालिका साइड इन्चार्ज हिमशिखर डाँगीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ त्यही ठाउँमा हामीले नियमित काम गरि रहेको बेला त्यहाँकै दुइचार जना आएर सडक निर्माणमा अवरुद्ध गरेपछि हामीले काम गर्न छोडेका हौ । ”

हामीलालई हातपात गर्ने ती युवाले हामी सँग आएर माफी नमाग्दा सम्म सडक निर्माणको काम कुनै हालतले सुचारु नहुँने डाँगीले बताउनुभयो ।

वर्खाको बेला लगातार पानी पर्दै गएको र त्यो पानी पर्न नरोकिएपछि सडक निर्माणको काम पनि रोकिएको बुढीगङ्गा नगरपालिका वडा नं –८ का वडा अध्यक्ष रमेशबहादुर रावलले बताउनुभयो ।












यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्