फलफुल खेती व्यवसाय किसान
शेरबहादुर सार्की
बाजुरा , भदौ १४ गते । बाजुराका अधिकाशं किसानले पछिल्लो समय फलफूल खेतीलाई निकै व्यावसायिक रुपमा लिन थालेका छन् ।
यहाँ उत्पादन हुने स्याउ , सुन्तला , किवी , आँप , ओखर, कागती लगायतका फलफूल खेतीले आयआर्जनमा थप टेवा पुग्ने सम्भाना देखिको भन्दै उनीहरुले पछिल्लो समय फलफुल खेतीलाई व्यावसायकै रुपमा लिन थालेका हुन् ।
स्याउँ खेतीका लागि यहाँको माटो र हावापानी राम्रो रहेकोले पछिल्लो समय किसान फलफूल खेतीतर्फ आकर्षित् बन्दै गएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।
पहिला स्थानीय जातको मात्र स्याउ उत्पादन हुन्थ्यो । अहिले कृषि ज्ञान केन्द्रले पछिल्लो समय साइबेरियामा उत्पादन हुने गरेको गोल्डेन गाला , फुँजी स्याउको बोट मनाङगबाट ल्याएर रोप्न सुरु गरेसँगै अहिले बाजुरामा नयाँ जातको स्याउ पनि उत्पादन हुन थालेको हो ।
पछिल्लो समय बाजुरामा नयाँ जातको स्याउ राम्रो उत्पादन हुने गरेको यहाँका किसान बताउँछन् । बाजुरामा स्याउ राम्रो उत्पादन हुन थालेपछि आफुले यसलाई व्यवसायको रुपमा लिन थालेको स्वामिकार्तिक खापर गाउँपालिका –१ जोरुका स्याउ किसान धनबहादुर रावतले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ स्याउ खेती जिविकोपार्जनमा निकै सहज देखेपछि अहिले मैले झण्डै सात सय रोपनीमा स्याउ खेती गरेको छु । ती स्याउ यती बेला राम्रो सँग फलेका छन् । ”
स्याउ , सुन्ताला आँप , ओखर र कागती लगायतका फलफुललाई स्थानीय सरकारले बजार सम्म बिक्री गर्नका लागि अनुदानको व्यवस्था गर्दै आएपछि अहिले यहाँका किसान फलफुल खेती व्यावसायमा लाग्न थालेको रावलले बताउनुभयो ।
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिमा स्याउ खेतीका लागि यहाँको माटो तथा हावापानी निकै राम्रो भएकोले पछिल्लो समय किसानलाई स्याउ खेतीतर्फ आकृषित गर्दै आएको अध्यक्ष भरतबहादुर रोकायाले बताउनुभयो ।
उहाँले भन्न्नुभयो, “ गाउँपालिकाले यहाँको बाँझो रहेको जमिनमा पनि स्याउँ खेती गर्ने अभियान सुरु गरेको छ । त्यसका लागि यहाँका किसानलाई नयाँ जातको स्याउको बिरुवा समेत दिने गरेका छौ ।”
फलफुल खेती बारेमा पहिला यहाँका अधिकाशं किसानलाई केही जानकारी नहुँदा यहाँ स्याउ कम उत्पादन हुने गरेको थियो ।
यहाँका किसानले उत्पादन गरेका स्याउ गाउँपालिकाले देशका विभिन्न ठाउँमा बिक्री गर्न ढुवानी अनुदानको सहयोग गर्दै आएपछि पछिल्लो समय यहाँका किसानले स्याउ खेतीलाई व्यावसायको रुपमा लिन थालेको स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष रोकायाले बताउनुभयो ।
पहिला हिमाली, स्वामिकार्तिक, जगनाथ, बुढीनन्दा लगायतका ठाउँमा उत्पादन हुने गरेको स्याउ अहिले बडिमालिका , गौमुल र खप्तड छेडेदहमा पनि हुने गरेको छ ।
बाजुरामा ३७० हेक्टर क्षेत्रफलमा एक हजार २० मेट्रिक्टन स्याउ उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।