पालिका स्तरीय वार्षिक समिक्षा गोष्ठी सम्पन्न

कैलालीको गौरीगङ्गा नगरपालिकामा पालिका स्तरीय समिक्षा गोष्टीका सहभागि । तस्बिर ः सुरेश भुल

सुरेश भुल

कैलाली, भदौ १५ गते । कैलालीको गौरीगङ्गा नगरपालिकमा पालिका स्तरीय समिक्षा गोष्टी सम्पन्न भएको छ । 

पालिकाले यहाँका स्वास्थ्य शाखा अन्तर्गत रहेका सबै स्वास्थ्य संस्थाहरुको यस आर्थिक वर्ष २०८०÷८१ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको २ दिने पालिका स्तरिय वार्षिक समिक्षागोष्ठी सम्पन्न गरेको हो । 

२०८१ भदौ १४ गते देखि सञ्चालन भएको सो गोष्टी १५ सम्पन्न भएको गौरीगङ्गा नगरपालिकाले जनाएको छ ।

गोष्टीमा यस नगरपालिकाको स्वास्थ्य शाखाले यहाँका नागरिकहरुको स्वास्थ्य क्षेत्रमा भए गरेको सकारात्मक पक्ष तथा सुधार गर्नु पर्ने पक्षमा छलफल गरिएको नगर प्रमुख देविदत्त कडेलले बताउनुभयो ।



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्