मसुरियामा हाटबजार सञ्चालन

कैलालीको मसुरियामा सञ्जालन भएकाे कृषि उपज हाटबजार ।

सुरेशभुल,

कैलाली , भदौ १८ गते । कैलालीको मसुरियामा कृषि उपज हाटबजार सञ्चालनमा ल्याएको छ । 

बजार व्यवसायी र किसान बीचको सहमति तथा समन्वय भएपछि यहाँ पहिलो पटक कृषि उपज हाटबजार सञ्चालनमा ल्याएको हो ।

यहाँका किसानले गाउँमा उत्पादन गरेको तरकारी बजार नहुँदा बिक्री गर्न निकै गाह्रो हुने भएकोले यती बेला मसुरियामा नै कृषि उपज हाटबजार सञ्चालनमा ल्याएको मसुरिया बजार व्यवस्थापन समितिले जनाएको छ ।

गाउँ नजिक बजार नहुँदा यहाँका स्थानीयले गाउँमा उप्तादन गरेको तरकारी बिक्री गर्न नै समस्या हुने गरेको यती बेला पहिलो पटक मसुरिया बजारमा कृषि उपज हाटबजार केन्द्र स्थापना गरिएको मसुरिया बजार व्यवस्थापन समिति अध्यक्ष हरि जोशीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “किसान ले उत्पादन गरेका तरकारी गाउँ घरमा लगेर बिक्री गर्नु भन्दा कृषि उज केन्द्रमा तरकारी बिक्री गर्न सहज होस भन्ने उद्देश्य यती बेला मसुरिया बाजरमा कृषि उपज हाट बजार स्थापना गरिएको छ । ”

समान मुल्य निर्धारण गर्न , किसानहरुको सहजताका लागि र उक्त ठाउँका सेवाग्राहीलाई किसानले फलाएका विषादी रहित  साग सब्जी प्रयोग गराउने उद्धेश्यले हरेक हप्ताको सोमबार दिउँसो ३ बजेबाट सुरु हुने गरी पहिलो पटक हाट बजार सञ्चालन ल्याएको अध्यक्ष जोशीले बताउनुभयो ।



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्