पहिरोको जोखिममा विद्यालय

पहिरोको उच्च जोखिममा रहेको बडिमालिका नगरपालिका –७ जिल्ली स्थित लक्ष्मी मा.वि ।


शेरबहादुर सार्की 

बाजुरा , भदौ २२ गते । बाजुराको बडिमालिका नगरपालिका –७ जिल्ली स्थित लक्ष्मी मा.वि पहिरोको उच्च जोखिममा रहेको छ । 

वर्खाको समय सो विद्यालयको तलमाथि तथा वरपरबाट पहिरो लाग्न थालेपछि अहिले त्यो विद्यालय पहिरोको निकै उच्च जोखिममा रहेको हो ।

हिउँदको महिना राम्रो सँग सञ्चालन हुँदै आएको लक्ष्मी माविमा यती बेला भने यहाँका शिक्षक डरैडरमा बालबालिकालाई पढाउँन थालेका छन् । 

पानी परेको समयमा यो विद्यालयमा पहिरो जाने गरेकोले त्यति बेला कक्षा कोठामा बसालेर बालबालिकाहरुलाई पढाउँन निकै डर थाग्न थालेको विद्यालयले जनाएको छ ।

पानी परेको बेला धेरै ठाउँमा दिउँसै ठुलठुला पहिरो गएर गाइ गोरु च्यापिए मरेका छन् । भने कयाँै मानिस पनि घाइते भएका छन् । 

यो विद्यालय पनि पहिरोको उच्च जोखिम छ । कुन दिन पढ्ने बेलामा नै विद्यालय पहिरोमा परिणत भएर पढ्दा पढ्दै ज्यानै जाने हो की भन्ने मनमा निकै डर हुने गरेको बडिमालिका नगरपालिका –७ जिल्लीमा रहेको लक्ष्मी माविका कक्षा १० का छात्रा रमिला विकले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ हिउँदको महिना पानी नपर्ने भएकोले बाहिर बसेर पनि पढ्ने गरेको हो । यती बेला बाहिर बसेर पढौ पानीले भिजाउँछ भन्ने डर भित्र बसौ बाढीपहिरोले विद्यालय नै बगाउँ छकी भन्ने डर छ । ”

यो विद्यालयलाई अन्य सुरक्षित ठाउँमा स्थानान्तरण नगर्दा सम्म डरैडरमा पढ्नुपरेको छात्रा विकले बताउनुभयो ।”

मार्तडी–कोल्टी सडकमा छेउछाउमा विद्यालय पर्दछ । २०७८ साल असोज महिनामा जब डोजरले यस विद्यालयको नजिकको सडक मर्मत गरियो तब त्यसपछि यो विद्यालयको वपिरीबाट पनि पहिरो जान सुरु भएको लक्ष्मी माविका प्राधानाध्यापक लालचन्द्र जैसीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “चारै ठाउँबाट पहिरो आएपछि यती बेला विद्यालय निकै जोखिममा रहेका छ । विद्यालय सञ्चालन गरौ पहिरो डर । नगरौ बालबालिकाहरुको पढाइ अवरोध हुने । यता सरोकारवाला निकायले पढाइ गर्नु पर्ने भन्छन् । उता बालबालिकाहरुलाई केही भयो भने तिमीले नै जान्नु पर्छ अभिभावक भन्नुहुन्छ ।”

मैले यो विद्यालयको वास्तविकतालाई स्थानीय , प्रदेश र सङ्घीय सरकार सँग कुरा राख्दै आएको भएपनि अहिले सम्म कतैबाट पनि विद्यालय स्थानान्तरणको बारेमा केही सुनुवाई नै नभएको प्राधानाध्यापक जैशीले बताउनुभयो ।

उसो त यो विद्यालयलाई मावि सञ्चालन गर्न निकै समस्या छ । मावि सञ्चालन गर्नका लागि उत्तिकै भौतिक पुर्वाधार तथा बालबालिकाहरुलाई आवश्यक पर्ने खेलमैदानको पनि आवश्यक पर्छ । 

यो विद्यालयमा ठाउँ सानो छ । भौतिक पुर्वाधार निर्माण गरे खेलमैदान नहुने , खेत मैदान निर्माण गरे भने उता भौतिक पुर्वाधारको अभाव हुने गरेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।

२०७८ साल देखि यो विद्यालयको वरिपरी चारै तिरबाट सडकका कारण पहिरो जान सुरु भएपछि यती बेला यो विद्यालयलाई थप ठुलो सङ्कट परेको छ ।

गाउँमा माथी एक ठुलो जमिन छ । त्यो जमिन पुजाचाँड पर्व समितिको नाममा छ । यहाँका स्थानीयले सबैको सहमति भयो भने यो विद्यालय त्यसै ठाउँमा सार्न सकिन्छ । तर विद्यालयको आर्थिक अवस्था कम्जोर भएका कारण यो विद्यालयलाई  स्थानान्तरण गर्न समस्या भएको हो ।

लक्षमी माविको अवस्था एक दमै दयनीय छ । त्यो विद्यालयलाई त्यहाँ देखि अन्य सुरक्षित ठाउँमा स्थानान्तरण गर्नु पर्ने हो  । तर अहिले सम्म केही पहल भएको छैन् ।

यती बेला पछिल्लो समय हामीले वडा पालिकालाई त्यस विद्यालयको प्रहरीद्धारा मुचुल्का बनाएर नगरमा पठाइ दिनु भनेका छौ । 

त्यो प्रहरी मुचुल्का आएपछि भौतिक पुर्वाचारका लागि विभिन्न निकायमा पहल गर्ने बडिमालिका नरपालिका नगरप्रमुख अम्मर खड्काले बताउनुभयो ।

विकास गर्ने क्रममा विद्यालय खानेपानी लगायतका भौतिक पुर्वाधारमा केही क्षति भएको  भए त्यसको प्रहरी सहितको मुचुल्का र विद्यालयको सिफारिस ल्याएर पुर्वाधारमा आएपछि त्यसलाई हेरफेर गर्दै यसको क्षतिपुर्तिका लागि सम्बन्धीत निकाय पहल कदमी गर्ने पुर्वाधार विकास कार्यालय अछाम सुचना अधिकारी देविप्रशाद उपाध्यायले बताउनुभयो ।















यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्