कर्णाली पारीको अर्गानिक स्याउ बिक्रीका लागि सहर लगिँदै

क्याप्सन ः बिक्रीका लागि सहरमा लिन काटुनमा तयार गरिएको कर्णाली पारी स्वामिकार्तिक खापर गाउँपालिकामा उत्पादन गरिएको अर्गानिक स्याउ । तस्बिर ः सुदूरपाटी

शेरबहादुर सार्की

बाजुरा, भदौ २३ गते । जिल्लाको पुर्वि उत्तर क्षेत्रमा पर्ने कर्णाली पारीको अर्गानिक स्याउ बिक्रीका लागि देश ठुल्ठुला सहरमा धमाधम लान थालिएको छ ।

बाटो अवरुद्धका कारण केही दिन बारीमै रोकिएको स्वामिकार्तिक खापर गाउँपालिकाको अर्गानिक स्याउ यती बेला कर्णाली करिडोरको बाटो सञ्चालनमा आएसँगै यहाँको स्याउ बिक्रीका देशका विभिन्न सहर बजारमा लगिएको हो । 

स्वामिकार्तिकको जेवाले , सैडेओ खुनका , लोकी र जोरु लगायतका विभिन्न ठाउँमा किसानले उतपदन गरिएको स्याउ लान ठेकेदारले बारीमै पुगेपछि यो स्याउ यती बेला कर्णाली करिडोरको बाटो हुँदै कैलाली नेपालगञ्ज काठमाण्डौ, कैलालीको लम्की लगायतका विभिन्न बजारमा बिक्रीका लागि लगिएको स्याउ किसानले बताउनु भएको छ ।


कोल्टी–मार्तडी सडक सुचारु होला भनेर बारिमै राखिएको अर्गानिक स्याउँ यती बेला त्यो सडक सुचारु नभएपछि ठेकेदारले कर्णाली केरिडोरको बाटो हुँदै जिल्ला भन्दा बाहिरका विभिन्न बजारमा लिएको स्वामिकार्तिक खापर गाउँपालिकाका –१ जोरुका स्याउ किसान धनबहादुर रावलले बताउनुभयो ।


उहाँले भन्नुभयो, “ उत्पादन गरिए पनि कतै बजार नपाउँने यहाँको अर्गानिक स्याउ पछिल्लो समय गाउँपालिकाको पहलमा देशका विभिन्न बजारमा बिक्रीका लागि जान लाथेपछि यती बेला भने निकै सहज भएको छ । ”

यो भन्दा पहिला हामीले गाउँमै अर्गानिक स्याउ उत्पादन गरेपनि यसले समयमै बजार नपाउँने भएकोले यहाँका अधिकाशं किसानले स्याउ खेतीमा खासै चाँसो नदेखाउँने गरेका थिए । अहिले यहाँको स्याउ धमाधम देशका ठुल्ठुला सहरमा माग हुन थालेपछि अहिले ती किसान पनि फेरी स्याउ खेती गर्न थालेको रावलले बताउनुभयो । 

गत वर्ष बाजुरामा उप्तादन गरिएको स्याउ अछाम , डोटी , डडेलधुरा , कैलाली हुँदै काठमाण्डौमा बिक्रीका लागि  लगिएको थियो । भने यो वर्ष मार्तडी–कोल्टी सडक लामो समय देखि अवरुद्ध बन्दै गएकोले त्यो स्याउँ यता कर्णाली करिडोरबाट कैलाली , नेपालगञ्ज र काठमाण्डौ लगिएको छ । 


यो वर्षमा स्वामिकार्तिक खापर गाउँपालिकामा झण्डै एक करोड भन्दाबढीको स्याउँ उत्पादन भएको स्वामिकार्तिक खापर गाउँपालिकाको कृषि विकास शाखाले जनाएको छ ।

यहाँ स्थानीय , डेलिसिएस , रोयल , रेडडेलिसियस , गोल्डेन , गाला , फुजी लगायतको स्याउ उत्पादन हुने गरेको स्वामिकार्तिक खापर गाउँपालिका कृषि शाखा प्रमुख बिनोद शाहीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बाजुराको सबै भदाबढी स्याउँ उत्पादन हुने भएको यही पालिका नै हो । पछिल्लो समयमा यहाँका जेवाले , सैडेओ खुनका , लोकी र जोरु लगायतका विभिन्न ठाउँमा स्याउ राम्रो उत्पादन हुन्छ ।”

केही दिन पहिला दुइ ट्रक स्याउँ कैलालीको लम्की बजारमा पुगेको थियो । अझै तीस ट्रक स्याउ जिल्ला भन्दा बाहिर लिएर बिक्री गर्ने तयारी भइरहेको कृषि शाखा प्रमुख बिनोद शाहीले बताउनुभयो ।

बाजुराको हिमाली , जगनाथ , बुढीनन्दा , गौमुल र खप्तड छेडेदहलगायतका स्थानीय तहमा पछिल्लो समयमा स्याउ उत्पादन हुन्छ । सबै भन्दाबढी स्वामिकार्तिक खापर गाउँपालिकामा स्याउ उत्पादन हुन्छ । 

यहाँ स्याउँ उत्पादनका लागि राम्रो उपयुक्त बाटो भएकोले यहाँका अधिकाशं किसानलाई थप स्याउ खेतीमा लाग्न उत्प्रेरित गर्दै आएको स्वामिकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत रोकायाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ स्वामिकार्तिक खापर गाउँपालिकाका विभिन्न गाँउ उत्पादन गरिएको स्याउ ट्याक्टर मार्फत पिलुचौर सम्म ढुवानी भएको छ । त्यहाँ देखि ट्रक मार्फत स्याउ सुर्खेत, नेपालगञ्ज, धनगढी लगायतका सहरमा निर्यात भइरहेको छ ।”

हाल सम्म स्वामिकार्तिक खापर गाउँपालिकाबाट झण्डै १४ ट्रक स्याउ निर्यात भईसकेको छ । आगामी आर्थिक बर्षमा यो गाँउपालिकालाई स्याउ गाँउपालिका भनी उच्चारण गर्ने गरि यहाँका किसानलाई स्याउ खेतीमा उत्प्रेरित गर्ने योजना भइरहेको अध्यक्ष भरतबहादुर रोकायाले बताउनुभयो ।





























यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्