बाढीपीडितहरुले पाएनन् राहत

कैलालीको गौरीगङ्गा नगरपालिका ११ का बाढीपीडित । तस्बिर ः सुरेश भुल

सुरेश भुल

कैलाली , भदौ २७ गते । कैलालीको गौरीगङ्गा नगरपालिका ११ का बाढीपीडितहरुले अँझै राहत नपाएको  दुखेको गर्दै आएका छन् ।

गत भदौ ४ गते राति परेको अबिरल वर्षा कारण कटैनी खोलामा आएको बाढीले चम्रैया, शिवपुर र कान्तिपुरका ५१ घरमा पुर्ण क्षति गरेको थियो ।

घरमा बाढी पसेपछि उनीहरुको त्यहाँ राखेको दाल, चामल, पिठो, धान , गहुँ तथा लुगा कपडा भाँडा वर्तन सबै डुबाएको थियो । 

घरमा भएको सबै खाने कुरा बाढीले बगाएपछि यती बेला बिहान बेलुकाको छाक टार्न समेत सकस हुने गरेको गौरिगङ्गा नगरपालिका ११ की रमा रावलले बताउनुभयो । 

उहाँले भन्नुभयो, “ अन्य धेरै ठाउँका बाढीपहिरो पीडितलाई राहत दिएको कुरा सुनेका छौ । तर हाम्रो यहाँ भने अहिले सम्म केही राहत मिलेको छैन् । 

बाढीका कारण घरबास उठीबास भएको बेलामा पनि कही कतैबाट सहयोग नमिलेको रावलले बताउनुभयो ।

पहिला बाढीपीडितको विवरण सङ्कलन गर्ने काम भयो । अहिले त्यो सबै विवरण पालिकामा आईसकेको छ । 

प्रदेश सरकारले बजेट नल्याएको र पालिकाको पनि नयाँ खाता नखोलेकोले यहाँका बाढीपीडितलाई राहात दिन नसकेको गौरीगङ्गा नगर प्रमुख देबिदत्त कडेलले बताउनुभयो । 



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्