बालदिवसकाे अवसरमा नगर स्तरीय वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न

कैलालीको गौरीगङ्गा नगरपालिकाले बालदिवसकाे अवसरमा अायाेजना गरेकाे नगर स्तरीय वक्तृत्वकला प्रतियोगिता कार्यक्रमका सहभागि । तस्बिर ः सुदूरपाटी

सुरेश भुल

कैलाली , भदौ २९ गते । कैलालीको गौरीगङ्गा नगरपालिकामा नगर स्तरीय वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । 

बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी भन्ने मुल नाराका साथ गौरीगङ्गा नगरपालिकाले ६०औ राष्ट्रिय  बालदिवसको अवसरमा नगरपालिकाको सभाहलमा यो कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा गौरीगङ्गा नगरपालिकाका भित्रमा रहेका ११ मावि २१ वटा आधाभूत विद्यालयको सहभागिता रहेको गौरीगङ्गा नगरपालिकाको महिला तथा बालबालिका शाखाले जनाएको छ ।

वक्तृत्वकलामा आधारभूत विद्यालयका छात्र छात्राहरुलाई वातारवरण संरक्षणमा बालकालिकाको भूमिका र मावि विद्यालयका छात्र छात्रालाई बालविवाह न्यूनिकरणका लागि बालबालिकाको भुमिका लगायतका विषय छनोट गरिएको थियो । 

यही विषयमा कार्यक्रममा सहभाति भएका छात्र छात्राले आ–आफ्ना भनाई प्रस्तुत गरेका थिए । जसमा आधारभूत विद्यालयमा सरस्वती माविका छात्रा अनुष्का धामी पहिलो र जनजागृति आविका छात्र महेन्द्र बरैमगर र केदारेश्वर आविका चन्द्र प्रकाश थापा दोस्रो र  इमानोयल एकेडेमिका छात्र लक्षण साउँदले तेस्रो स्थानमा प्राप्त गर्नु भएको थियो ।

त्यसै गरी मावि तर्फमा कुमुदिमी आर्दश विद्याया किनेतमका छात्र नरेन्द्र आर्चाय पहिलो सरस्वती माविका छात्रा मिनुका धामी दोस्रो र विणा विद्यामन्दिरका छात्र पुजा भट्ट तेस्रो भएको गौरीगङ्गा नगरपालिकाको महिला तथा बालकालिका शाखा प्रमुख भावना जोशीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ प्रथम , दोस्रो र तेस्रो स्थान प्राप्त गर्नु हुने सबै छात्र छात्रालाई कापी डट्पेन लगायतका स्टेशनरी सामाग्री तथा प्रमाण वितरण गरेको छ । ”

गौरीगङ्गा नगरपालिकाको महिला तथा बालबालिका शाखाले आयोजना गरेको यो कार्यक्रममा मुक्त कमैया महिला विकास मञ्च कैलालीले यस कार्यक्रममा सहभागि भएका अन्य सबै छात्र छात्राहरुलाई सान्त्वना स्वरुप कापी डट्पेन लगायतको स्टेश्नरी सामाग्री वितरण गरेको शाखा प्रमुख जोशीले बताउनुभयो ।

आजका बालबालिका भोली राष्ट्रका कर्णदार भएकोले उनीहरुको मानसिक , शैक्षिक तथा बौद्धिक क्षेत्रमा परिवर्तन ल्याउने गरी प्रत्येक वर्षमा शिक्षा तथा खेलकुदमा समेत रकम लगानी गर्दै आएको गौरीगङ्गा नगरपालिका नगर प्रमुख देविदत्त कडेलले बताउनुभयो ।

महिला तथा बालबालिका शाखा प्रमखु भावना जोशीको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अथिति गौरीगङ्गा नगरपालिका नगर प्रमखु देविदत्त कडेल रहनु भएको थियो ।

गौरीगङ्गा नगरपालिकाको रोजगार साहाय टेकराज ओझाले सञ्चालन गर्नु भएको साे कार्यक्रममा नगरपालिका भित्रमा रहेका सबै विद्यालयका शिक्षक शिक्षिका छात्र छात्रा सयौ भन्दा बढीको सहभागिता रहेको थियो ।









यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्