खाद्यतत्व पत्ता लगाउन माटो परिक्षण
शेरबहादुर सार्की
बाजुरा, असोज ९ गते । जिल्लाको पुर्वि उत्तर क्षेत्रमा पर्ने स्वामिकार्तिक खापर गाउँपालिकाले खाद्यतत्व पत्ता लगाउन माटोको जाँच शिविर सुरु गरेको छ ।
दुर्गम बस्तीका रहेको जमिनको खाद्यय तत्व पत्ता लगाउँनका लागि सो गाउँपालिकाले असोज ६ गते देखि ८ गते सम्म पालिकामै माटोको जाँच शिविर सुरु गरेको हो ।
स्वामिकार्तिक खापर गाउँपालिकाको आयोजना र गिफ्ट नेपाल तथा ग्रेप परियोजनको प्राविधिक तथा आर्थिक सहयोगमा वृहत माटो शिविर सुरु गरेको स्वामिकार्तिक खापर गाउँपालिकाले जनाएको छ ।
स्वामिकार्तिक खापर गाउँपालिकामा रहेको बाँझो जमिनलाई सदुपयोग गर्ने गरी यती बेला त्यो ठाउँमा माटोको अवस्था के छ । त्यो ठाउँका कुन बाली लगाउँदा राम्रो उत्पादन हुन्छ ,भने कुरा जानकारी पाउँने गरी माटोको जाँच सुरु गरेको स्विामिकार्तिक खापर गाउँपालिकाका कृषि शाखा प्रमुख विनोद शाहीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ पालिकाको आयोजनामा असोज ६ गते देखि वृहत माटोको जाँच शिविर सुरु गरेको छ । यो शिविरमा यती बेला यहाँका किसानहरुले आफ्नो जमिनमा रहेको माटो ल्याएर परिक्षण गराउँन थालेका छन् ।”
असोज ६ गते देखि सुरु गरेको यो शिविर ८ गते सम्पन्न भएको यो शिविरमा यहाँ २०३ जनाले माटो परिक्षण गरेको शाहीले बताउनुभयो ।
बाजुराको स्वामिकार्तिक हिमाली र बुढीनन्दा नगरपालिकामा माटोकोे परिक्षण गर्ने गरी वृहत माटोको जाँच शिविर सञ्चालन गरेको गिफ्ट नेपालका ग्रेप परियोजना संयोजक गोपी चटौतले बताउनुभो ।
उहाँले भन्नुभयो, “ शिविरमा माटोमा हुने नाइट्रोजन , फसफोरस , पोटास र पिएच निकाल्न माटोको जाँच गरेको हो ।”
असोज ६ देखि सञ्चालन भएको यो वृहत माटोको जाँच शिविर असोज ८ गते सम्पन्न भएकाे चटौतले बताउनुभयो ।
गाउँमा प्रसस्त जमिन छ । त्यो जमिनमा कुन खाद्यान बाली लगाउँदा राम्रो हुन्छ । भन्ने कुरा प्राय यहाँका किसानलाई जानकारी नभएकोले यती बेला गाउँपालिकाले उनीहरु सबैलाई जानकारी हुने गरी पालिकामा नै माटोको जाँच परिक्षण शिविरको आयोजना गरेको स्वामिकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत रोकायाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ अहिले यहाँका धेरै किसानले आफ्नो जमिनको माटो ल्याएर धमाधम जाँच गराउँन थालेका छन् ।”
केही समय पछि माटोको रिर्पोट आउँछ होला । त्यो रिर्पोट अनुसार यहाँका किसानलाई खेती गर्न उत्प्रेरित गर्दै जाने अध्यक्ष भरतबहादुर रोकायाले बताउनुभयो ।
माटोको पि.एच.मानको आधारमा माटोलाई तटस्थ अम्लिय वा क्षारिय वा क्षारीय भनिन्छ ।साधारणतया ६.५ देखि ७.५ पि.एच.मान भएको माटोलाई तटस्थ माटो भनिन्छ । ६.५ भन्दा कम पि.एच. मान भएको
माटोलाई अम्लिय माटो भनिन्छ भने ७.५ भन्दा बढी पि.एच. भएको माटोलाई क्षारीय माटो भनिन्छ । तटस्थ माटो सबै जसो बालीको लागि उपयुक्त हुन्छ । यदि माटो धेरै अम्लिय वा क्षारीय भएमा बाली राम्रो हुदैन ।
साधारणतया ६.० भन्दा कम पि.एच. भएको माटोमा कृषि चुन प्रयोग गरी सुधारगर्न शिफारिस गरिन्छ । कृषि चुन कति प्रयोग गर्ने भन्ने कुरा पि.एच. मान र माटोको किसिम मा भर पर्दछ ।
क्षारीय माटोलाई जिप्समको प्रयोग गरी सुधार गर्न सकिन्छ । तर नेपाली परीप्रेक्ष्यमा क्षारीय माटो को समस्या त्यति व्यापक छैन ।
अम्लिय तथा क्षारीय तथा क्षारिय दुबै माटोमा प्रशस्त प्रांगारिक मल प्रयोग गर्न सके , कृषि चुन वा जिप्समको प्रयोग बिना पनि राम्रो उत्पादन लिन सकिने कृषि विज्ञ बताउँछन् ।