हात्तीपाईले रोग निवारण सम्बन्धित एक दिने अभिमुखिकरण गोष्टी सम्पन्न

कैलालीको गौरीगङ्गा नगरपालिकामा हात्तीपाईले रोग निवारण सम्बन्धित एक दिने अभिमुखिकरण गोष्टीका सहभागिहरू । तस्बिर ः सुरेश भुल
सुरेश भुल
कैलाली , असोज १३ गते । कैलालीको गौरीगङ्गा नगरपालिकामा हात्तीपाईले रोग निवारण सम्बन्धित एक दिने अभिमुखिकरण गोष्टी सम्पन्न भएको छ ।
नेपाल सरकारले विगत केही वर्ष अगाडी हात्तीपाईले विरूद्वको औषधी खुवाएकाे थियाे । जसमा पहिलो ९ चरणमा २ र दोस्रो ११ चरणमा ३ थरिको औषधी खुवाएकाेले अहिले त्यो औषधी कत्तिको प्रभावकारी भयो वा भएन भन्ने कुराको सर्भे गर्नका लागि आर टी आई इन्टरनेस्नले गोष्ठीको आयोजना गरेको हो ।
कैलालीमा ३ हजार १५० जनाको रगत को नमुना परिक्षण गरि यो रोग को जाँच गरिने भएको छ । रगत जाँच दिउँसो र राति २ चरणमा गरिने छ ।
यसमा राति रगत जाँच गर्दा १८ जना भन्दा बढि मानिस पोजेटिभ देखिएमा यो औषधि खुवाउने कार्यक्रम निरन्तर चलाउने यदि राति रगत जाँच गर्दा १८ जना भन्दा कम देखिएमा औषधी सेवन कार्यक्रम रोक्ने आर टि आई ईन्टरनेस्नल सर्भे कोडिनेटर सरोज माहासेटले बताउनुभयो ।
उहाँले भन्नुभयो, “रगत जाँच गर्दा २० वर्ष उमेर भन्दा माथिको सबै जनाको गरिने छ । यसमा कैलाली ए समुहमा ७ वटा पालिकामा यो कार्यक्रम चल्ने छ । गौरीगङ्गा नगरपालिकाको ४ गोदावरीको ७ लम्कीचुहाको ७ चुरेको २ मोहन्यालको १ वर्दगोरीयाको ३ घोडाघोडीको ६ वडामा यो रगत जाँच गर्ने कार्यक्रम गरिने भएको छ ।”
त्यसै गरी कैलालीको बि समुहमा ६ वटा पालिकामा यो कार्यक्रम गरिने भएको छ । जसमा जानकीको ३ जोसिपुरको ३ टिकापुरको ३ भजनीको ४ कैलारीको ३ धनगढीको १२ वटा वडामा रगत जाँच गर्ने चल्ने माहासेटले बताउनुभयो ।
गौरीगङ्गा नगरपालिका २ चौमालामा सञ्चालन गरेको यो कार्यक्रममा स्वास्थ्यकर्मी , महिला स्वयं सेविका जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन जनस्वास्थ्य निरिक्षक कर्ण बहादुर विश्वकर्माले गर्नु भएको थियो ।