महिनावारी भएका महिलालाई गोरस नदिने चलन कायमै

महिनावारी भएकाे बेला छाउगाेठमा बसेका महिला ।

शेरबहादुर सार्की
बाजुरा, असोज २२ गते । बाजुरामा महिनावारी भएका महिलालाई गोरस ( दुध , दहि र मही ) नदिने चलन कायमै रहेको छ  । 

यहाँका धामी झाँक्रीहरुले महिनावारी भएका बेला महिलालाई गोरस (दुध , दहि महि ) दियो भने गाई भैँसी नब्याउने तथा घरमा अनिष्ट हुने विश्वास दिलाउँदै गएपछि बाजुरा महिनावारी भएका महिलालाई गोरस नदिने चलन पनि कायमै रहेको हो ।

धामी झाँक्रीकै कारण गाउँमा आफु महिनावारी हुँदा दुध , दही र मही जस्ता पौष्टिक तत्व कहिल्यै पनि खान नपाएको बुढीगङ्गा नगरपालिका –१० बदेडाका स्थानीय सिता नेपालीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “आफु सहर बजारमा गएको बेला त्यहाँ दुध दहि महि जस्ता खाने कुरा खान पाइन्छ । तर गाउँमा आए भने महिनावारी भएका बेलामा दुध दहि महि खान त गाई भैसीको शरिरमा समेत छुन  दिदैनन् ।”

स्वास्थ्यकर्मीहरुले महिनावारी तथा सुत्केरी भएका बेला घरमा दुध , दहि र महि जस्ता पोषिला तथा झोलिलो खानेकुरा खानुपर्छ भन्नुहुन्छ । यता घरमा भने आफुलाई महिनावारी भएका बेलामा त्यस्ता चिज कहिल्यै नदिने गरेको नेपालीले बताउनुभयो ।

बाजुराको हिमाली , स्वामिकार्तिक , जगनाथ , बुढीनन्दा , बडिमालिका , गौमुल , बुढीगङ्गा , त्रिवेणी र खप्तड छेडेद लगायतका अधिकांश ठाउँमा महिनावारी भएका महिलालाई गोरस (दुध , दही र मही)  जस्ता पोषिला खाने कुरा खान दिदैनन् ।

यहाँका धामी झाँक्रीहरुले महिनावारी भएका महिलालाई दुध , दही र महि दिएपछि घरमा अनिष्ट हुने तथा गाई भैँसी नब्याउने भन्ने डर देखाउँदै आएकोले यहाँका स्थानीयले महिनावरी भएका बेला महिलालाई गोरस नदिने गरेका हुन् ।

बाजुराका अधिकाशं ठाउँमा महिनावारी भएका महिलाई अहिले पनि छाउगोठमा सुत्न लगाउने गर्दछन् । महिनावारी हुँदा उनीहरुलाई नत घाँस कटाउँछन् । तन उनीहरुलाई दुध , दहि र मही खान दिन्छन् ।

यहाँ महिनावारी भएका महिलाई मात्र होइन की सुत्केरीलाई पनि कहिल्यै गोरस दिदैनन् । उनीहरुलाई घिउ दिने गरेको भएपनि गोरस भने अहिले सम्म दिने गरेका छैन् ।

“छाउपडी कोदोको रोटी सुत्केरी घिउ खानी” भन्ने उखान यहाँ जिवितै छ । महिला महिनावारी भएका बेला सुख्खा रोटी दिने र सुत्केरी भएका बेला घिउ दिने गरेकोले यहाँका स्थानीयले यो उखान भन्ने गरेका हुन् ।

महिनावारी भएका महिलालाई गोरस दियो भने गाउँका धामी झाँक्रीहरुले रिसाउने गरेको बुढीगङ्गा नगरपालिका १० बदेडाका स्थानीय मनसार्कीले बताउनुयो ।

उहाँले भन्नुभयो, “ कोही कसैले लुकाएर महिनावारी भएका बेलामा महिलालाई गोरस दिएको थाहा पाएपछि  गाउँमा धाँमीझाँक्रीहरुले देउता गाडेर तँइले उनीहरुलाई गोरस किन दिएको अब तेरो घरमा गाई , भैसी पाल्न बन्द गर्छु भनेर डर देखाउँने गर्दछन् । 

त्यहि डरका कारण गाउँमा कसैले पनि महिनावारी भएका बेला महिलाई गोरस ( दुध , दहि , महि ) नदिने गरेको सार्कीले बताउनुभयो ।

महिनावारी भएका महिलाहरुले यदी गाई भैसीको शरिरमा छोयो भने कन्या केटी मार्फत सात वटा मुहानको पानी ल्याउन लगाउँछन् ।  त्यो पानीमा सुन राख्छन् । अनी त्यसपछि त्यसै कन्या केटीलाई गाएै भैसीको शरिर नुहाउनु लगाउँछन् ।

यती मात्र होइन कुनै महिला गाई भैसीको छानामा लागेपछि त्यो छानामा बोका काटेर पुजापाठ गर्ने चलय पहिला देखि अहिले सम्म उस्तै रहेको छ । 

यहाँका धामी झाँक्रीहरुले महिनावारी भएका महिलाहरुले छाना छोयो भने त्यसमा गाई भैसी राख्न हुँदैन भन्ने डर देखाउँदा यहाँका स्थानीयहरुले छानामा बोका काटेर पुजापाठ गर्ने गरेको सार्कीले बताउनुभयो ।
 

















यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्