किसानलाई सुपत मुल्यमा आलुको बीउ वितरण

कैलालीको जोशिपुर गाउँपालिकाकाले यहाँका किसानलाई सुपत मुल्यमा आलुको बीउ वितरण गरेको उन्नत जातकाे अालुकाे बीउ । तस्बिर ः सुरेश भुल

सुरेश भुल

कैलाली , कात्तिक ४ गते । कैलालीको जोशिपुर गाउँपालिकाकाले यहाँका किसानलाई सुपत मुल्यमा आलुको बीउ वितरण गरेको छ ।

गाउँपालिकाका सात वटै वडाका पाँच सय किसानलाई पचास प्रतिशत अनुदानमा आलुको बीउ वितरण गरिएको हो ।

बजार देखि ४ लाख ९० हजार रुपियाँमा उन्नत जातको आलुको बीउ खरिद गरी दुइ लाख ४५ हजारमा  किसानलाई वितरण गरिएको जोशीपुर गाउँपालिकाले जनाएको छ ।

आलुको गुणस्तर परिक्षण गरी उत्पादन बढाउने उदेश्यले यहाँका किसानलाई सुपत मुल्यमा उन्नत जातको आलुको बीउ वितरण गरिएको जोशीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश ढुङगानाले बताउनुभयो । 

उहाँले भन्नुभयो, “ आलुको उत्पादकत्व बढाउने गरी किसानलाई गुणस्तर जातको काडिनल , कमल रातो , टिपिएस जातको आलुको बीउ खरिद गरि वितरण गरिएको छ ।”

यहाँका किसानले उत्पादन गरेको आलुलाई बीउको रुपमा लिने र त्यसलाई बजारीकरण गर्ने गरी यती बेला गाउँपालिकाले यहाँका पाँच सय किसानलाई सुपत मुल्यमा आलुको बीउ विरतण गरेर आलुखेतीमा उत्प्रेरित गर्दै आएको ढुङगानाले बताउनुभयो । 







यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्