सडक ग्राभेल भएपछि स्थानीय हर्षित

कैलारी गाउपालिका वडा नं २ उजलिसिमर गाउँमा सडक ग्राभेल गरिएकाे सडक । तस्बिर ः सुरेश भुल


सुरेश भुल

कैलाली , कात्तिक ९  गते ।  कैलारी गाउपालिका वडा नं २ उजलिसिमर गाउँमा सडक ग्राभेल भएपछि  स्थानीय खुसी भएका छन् ।

लामो समय देखि हिलो र धुलाम्य हुँदै आएको यो सडक पछिल्लो समय पीचको प्रक्रियामा अघि बढ्न थालेपछि यहाँका स्थानीय हर्षित भएका हुन् ।

प्रदेश र सङ्घीय सरकारलाई बाटो बनाउन बजेट माग गर्दा पनि बजेट नपरेपछि यती बेला वडापालिकाले आफ्mैले सडक ग्राभेल गरेको कैलारी गाउँपालिका २ नं वडापालिकाको कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०७९ को १५ लाख र  २०८० को २० लाख  रकममा यहाँको पिपल चौतारा देखि बसौटी जाने बाटाको सिमलको रुख सम्म ८ सय मिटर  लम्बाई र १५ मिटर चौडा सडकको ग्राभेल गरेको वडा अध्यक्ष विकास चौधरीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यहाँका स्थानीयको पहिलो माग सडक कालोपत्रे गर्नु पर्ने हो । वडापालिकाले पनि उहाँहरुको त्यो मागलाई पहिलोे प्राथमिकिता दिदै आएको छ । ”

वडापालिका देखि गाउँपालिका जाने मुख्य बाटो यही भएकोले यसलाई जसरी भएपनि यो वर्षमा नै कालोपत्रे गर्ने तयारी तयारी भएको अध्यक्ष चौधरीले बताउनुभयो ।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्