दुर्गमका स्थानीयको पुरा भयो गाउँमै बस चढ्ने सपना
शेरबहादुर सार्की
बाजुरा मङ्सिर, ३ गते । बाजुराको पुर्वि उत्तर क्षेत्रमा पर्ने हिमाली , स्वामिकार्तिक र जगनाथ गाउँपालिकाको दुर्गम बस्तीका स्थानीयको गाउँमै बस चढ्ने सपना यती बेला पुरा भएको छ ।
बाजुराको एकदमै पीछडीएको क्षेत्रमा पर्ने यहाँका स्थानीयले पुस्तौ देखिको गाउँमै बस चढ्ने सपना गरेका थिए । यती बेला कर्णाली करिडोर सडकमा कालिकोटको खुलालु देखि हुम्लाको सरिसल्ला सम्म बस सुचारु भएपछि उनीहरुको गाउँमै बस चढ्ने सपना पुरा भएको हो ।
जिल्लाको मार्तडी , कोल्टी र पीलिचौरको बसपार्क जानु परेमा पाँच सय देखि दुइ हजार रुपियाँ जिपको भाडा तिर्नु पथ्र्योे । अहिले गाउँ बस्तीमै बस सेवा सञ्चालन भएपछि त्यो पैसाले यहाँ देखि नेपालगञ्ज सम्म पुग्ने गरेको हिमाली गाउँपालिकाका धुलाचौर बाजुराका प्राविधिक राजमलालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “यहाँका स्थानीयले बस चढ्नका लागि यस अघि मार्तडी जाँदा दुइ हजार कोल्टी पाँच सय र पिलिचौर चार सय रुपिँया जिपको भाडा मात्र तिर्नु परेको थियो ।
अहिले खुलालु देखि हुम्लाको सरिसल्ला सम्म कर्णाली करिडोर सडकमा बस सेवा सुचारु भएपछि गाउँ देखि बसपार्क सम्म जाने त्यो पैसाले सिधै गाउँ देखि नेपालगञ्ज पुग्ने गरेको मलालले बताउनभुयो ।
नेपालगञ्ज देखि हुम्लाको सरिसल्ला सम्म बस सुरु भएपनि अहिले हुम्ला , मुगुको सोरुकोट र खत्याड गाउँपालिका स्थानीयलाई निकै सहज भएको छ ।
लामो समय देखि यहाँका स्थानीय बस सेवाबाट विञ्चत हुँदै आएका थिए । यती बेला कर्णाली करिडोर सडक कालिकोटको खुलालु देखि हुम्लाको सरिसल्लामा पुगेपछि बस सेवा पनि सञ्चालन भएको हो ।
२०७२ साल देखि कालिकोटको खुलालुबाट निर्माणको काम सुरु भएको यो कर्णाली करिडोर सडकमा २०७४ साल देखि बाजुराको पीलिचौर सम्म ट्याक्टर मोटर साईकल लगायतका सवारी साधान चल्न सुरु भएका थिए ।
२०८० सालमा यो सडकको पहिलो चरणको काम सम्पन्न भएपछि २०८१ सालमा जिप ट्रक र बस लगायतका सम्पुर्ण सवारी साधान सञ्चालनमा आएका हुन् ।
कात्तिकको दोस्रो हप्ता देखि अहिले यहाँका चल्ने सबै सवारी साधान धमाधम जनगथान र हिमाली गाउँपालिकाको धुलाचौर हुँदै हुल्लाको सरिसल्लामा पुग्ने गरेका छन् ।
यो भन्दा पहिला जिप ट्याक्टर ट्रक चल्ने गरेकोले यहाँका स्थानीयलाई दैनिक उपभोग्य सामाग्री ढुवानीमा निकै सहज भएको थियो । अहिले यो सडकमा बस सञ्चालन भएपछि यहाँका स्थानीयले गाउँ घरकै आगनममा सेवा पाएका छन् ।
२०८१ साल देखि पीलिचौरमा दैनिक बस ट्रक लगायतका सवारी साधान चल्न थालेपछि दैनिक उपभोग्य सामाग्री ढुवानी गर्न सहज भएको हिमाली गाउँपालिकाका –४ का स्थानीय नवराज भण्डारीले बताउनुभयो ।
उहाँले भन्नुभयो , विगतमा यातायातको सुविधा नहुँदा यहाँका कृषकले उत्पादन गरेका आलु, सिमी र स्याँउ खेर जाने गरेका थिए । कर्णाली करिडोर सडकको पहुँचसँगै यहाँको स्थानीय सरकारले पनि ग्रामिण क्षेत्रमा सडक निर्माण गरिदिएसँगै अहिले कृषकलाई कृषिउपज बस्तु बजार सम्म पु¥याउँन निकै सहज भएको छ ।”
लामो समय देखि यहाँका स्थानीयले भेडा च्याङ्ग्रा तथा पीठ्युमा दैनिक उपभोग्य समान ढुवानी गर्दै आएका यहाँका स्थानीयले अहिले गाउँ बस्तीमै बस चढ्न पाउँदा निकै खुसी भएको भण्डारीले बताउनुभयो ।
कर्णाली करिडोर सडक हुम्ला र मुगुको जिल्लासँग जोडिएको छ । यो ठाउँ पर्यटकीय हिसाबले पनि त्यतिकै महत्वपूर्ण मानिन्छ ।
यता सरकारले नेपालमा आउने पर्यटककहरुलाई यही बाटो देखि मानासरवर सम्म आउन जान सहज हुने गरि यो सडकको कालोपत्रेको काम भइरहेको कर्णाली करिडोर खुलालु सरिसल्ला सडक योजना कार्यालयले जनाएको छ ।
अहिले पहिलो चरण यो सडकमा ग्राभेल , वाल , मेसिनरी ग्याबीन , कल्वर्ड र डबलकटिङ्ग गर्ने काम भइरहेको कर्णाली करिडोर खुलालु सरिसल्ला सडक योजना कार्यालयका कम्प्यूटर अप्रेटर धनबहादुर बस्नेतले बताउनुभयो ।
उहाँले भन्नुभयो , “कालिकोटको खुलालु देखि जगनाथको पीलिचौर सम्म ६१ किलोटर र खुलालु देखि सरिसल्ला सम्म १२३ किलोमिटर छ । यो सडक स्तरोउन्त गर्नमा झण्डै ३६ करोड रुपियाँ खर्च भएको छ । ”
पीलिचौर देखि सरिसल्ला सम्मको ५० किलोमिटर कालोपत्रे गर्नका लागि ४ अर्ब २५ करोड रकम श्रोत सुनिश्चिताका लागि सडक विभागमा प्रक्रियामा छ । त्यो सुनिश्चिता भइसकेपछि चाँडै सडक कालोपत्रेको कामका लागि ठेक्का प्रक्रियामा जाने कम्पुयुटर अप्प्रेटर बस्नेतले बताउनुभयो ।