बाजुराका एक युवक भारतमा बेपत्ता

क्याप्सन ः भारतबाट घर फकिँदै गरेकाे बेलामा बेपत्ता भएका खप्तड छेडेदह गाउँपालिका – ३ धनाल्तका सौर रावत । तस्बिर ः सौजन्य ः सङ्गम रावत ।

शेरबहादुर सार्की

बाजुरा , मङ्सिर ८ गते । बाजुराका एक युवक भारत देखि नेपालमा आउने बेलामा भारतमै बेपत्ता भएका छन् । 

खप्तड छेडेदह पालिका वडा नं –३ धनाल्तका ५१ वर्षीया सौरे रावत भारतको अल्माेडा , हल्दवानी देखि बनबासा आउने बेलामा बेपत्ता भएका हुन् ।

घरमा बालबालिकाको पालन पोषण तथा उच्च शिक्षा पढाउँनका लागि धन कमाउन भारत गएका श्रीमान नेपाल आउने बेला बीच बाटोमै बेपत्ता भएको उहाँकी श्रीमति धनपती रावतले बताउनुभयो ।

उहाँले भन्नुभयो, “२०८१ मङ्सिर ५ गते भारतको अल्मोडा देखि हल्दवानी सम्म आउनु भएको र त्यसपछि त्यहाँ देखि बनबासा सम्म आउँदा उहाँ बीच बाटोमै बेपत्ता हुनु भएको हो ।”

मैले उहाँलाई मङ्सिर ५ गते भिडियो कल गर्दा उहाँले म छोरालाई महेन्द्रनगर भेटघाट गर्न आउँदै छु भन्नुभयो । त्यसपछि सम्पर्क गर्दा उहाँको फोन समेत अफ भएको रावतले बताउनुभयो ।

अल्मोडा देखि नेपालमा आउँन झण्डै दुई दिन लाग्छ । तर रावत भने आज चार दिन हुँदा सम्म पनि उहाँको परिवार देखि सम्पर्क बिहिन भएका छन् ।

बेपत्ता भएका रावतका पाँच छोरा र श्रीमति रहेका छन् । बेपत्ता भएका रावत तीन दिन सम्म पनि घर नफर्किएपछि उहाँका छोरा र श्रीमति निकै तनावमा छन् ।

भारतको हल्दवानी देखि बनबासा सम्मको बीचबाटोमा मेरो श्रीमान हराएकोले यसको खोजी कार्यमा सबैले सहयोग गरिदिन हुन उहाँको श्रीमति धनपती रावतले सबैमा आग्रह गर्नु भएको छ । 

अहिले उहाँका आफन्तले भारतको बनबास र हल्दवानी प्रहरीमा खोजी कार्यका लागि निवेदन दिनु भएको उहाँका साला सङ्गम रावतले बताउनुभयो ।

गत २०८० जेठ ४ गते बाजुराको खप्तड छेडेदह गाउँपालिका –५ डोगडीका एकै घरका दुइ दाजु भाइ पनि भारतको पौडी जिल्लाको पावौबाट घर फर्किने बेलामा रिसिकेशमा बेपत्ता भएका थिए । 

बेपत्ता भएका भाइ टेकबहादुर रावत दुइ महिनापछि सम्पर्कमा आएपनि उनका दाइ अर्जुन भने अहिले सम्म बेपत्ता रहेका छन् ।

त्यसै गरी जेठ २७ गते बुढीगङ्गा नगरपालिका वडा नं –४ खोलालवाडा ३४ वर्षीया किरन रावत पनि भारतको केदार नाथ देखि बर्दीनाथ बीचको बाटोमा बेपत्ता हुनु भएको थियो । उहाँ दुइ हप्तापछि भारतकै एक जङ्गलमा बेहोस अवस्थामा फेला पर्नु भएको थियो ।

भारत देखि नेपाल आउने बेलामा आफुलाई कसैले मुखमा केही सुघाएर बेहोस बनाई फालेपछि आफु बेपत्ता भएको दुइ दिनपछि बल्ल सम्पर्कमा आएका किरन रावतले बताउनुभयो ।

बाजुराको हिमाली , स्वामिकार्तिक , जगनाथ , बुढीनन्दा , बडिमालिका गौमुल , बुढीगङ्गा , त्रिवेणी र खप्तडछेडेदह लगायतका अधिकाशं स्थानीय घरपरिवार पालनपोषण गर्नका लागि कामको सिलसिलामा भारतमा रोजगारी गर्न जाने गर्दछन् । 

उनीहरु धन कमाई घरमा आउने बेलामा अधिकाशं सधै यसरी नै लुटिने  हराउँने गरेका छन् । सबै भन्दा त हाम्रो नेपाली दाजुभाईले सहज रहने हो । तै पनि भारत देखि नेपालमा आउने बेलामा अधिकाशं नेपाली लुटिने हराउँने गरेका छन् ।  

यसका लागि हामीले नाका नाकामा सचेतनामुलक सन्देश दिने गरेको छ । अहिले पनि बाजुराका केही युवा भारत देखि नेपालमा आउने बेलामा बीच बाटोमा हराएको खवर आएको छ । 

वर्षको दुइ पटक नेपालको प्रमुख जिल्ला अधिकारी र भारतको डिएमको सयुक्त बैठक बस्ने गर्दछ । त्यसै भारतको डिएम सगँ सुरक्षाको बारेमा छलफल गर्ने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद साप्कोटाले बताउनुभयो । 















यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्