बुढीगङ्गामा पनि फल्यो ड्रागन

बाजुराको बुढीगङ्गा नगरपालिकामा १० का भाेलाराम जाेशीकाे फल्न थालेकाे ड्रागन खेती । तस्बिर ः सुदूरपाटी

शेरबहादुर सार्की

बाजुरा, मङ्सिर १३ गते  । बाजुराको बुढीगङ्गा नगरपालिकामा पनि ड्रागन फल्न सुरु भएको छ । 

बुढीगङ्गा नगरपालिका –१० का किसान भोलाराम जैशीले फुलोटमा परिक्षणका लागि लगाएको झण्डै एक हजार चार सय ड्रागनको बोट यती बेला राम्रो सँग फल्न सुरु भएको हो ।

स्वाथ्यका लागि निकै लाभदायिक तथा मनग्य आम्दानी गर्न सकिने सम्भावना देखेपछि परिक्षणका लागि आफुले ड्रागनको खेती सुरु गरेको बुढीगङ्गा नगरपालिका –१० का किसान भोलाराम जैसीले बताउनुभयो ।

उहाँले भन्नुभयो , “ आफुले  २०८० जेठ २ गते सात सय रोपनीमा एक हजार चार सय बोट परिक्षण गर्नका लागि लगाएको हो ।  अहिले त्यस मध्ये चार सय ड्रागनको बोट निकै राम्रो सँग फलेका छन् । ”

तराईमा हुने यो ड्रागन पहाडमा पनि हुन्छ की नाई भनेर मैले पहिला परिक्षणका लागि यती मात्र लगाएको हो । अहिले लगाएको त्यो बोट सबै राम्रो सँग हुर्केका छन् । ती मध्ये केही बोट राम्रो सँग फलेका छन् । यो फलले यहाँ राम्रो सँग बजार पाउँने वित्तिकै थप यसलाई फेरि खेतीको  रुपमा सरुवात गर्ने योजना रहेको जैसीले बताउनुभयो ।

ड्रागन फल गर्मि र सुख्खा हावापानीमा हुने सिउडि प्रजातीको फलफुल हो । यसको वैज्ञानिक नाम चाहिं हाइलोके्रस अन्डाटस हो । यसको स्तम्भ कमजोर भएकोले सपोर्ट आवश्यकता पर्दछ ।

यसको लहरा ड्रागनको जिब्रो जस्तै हुने हुँदा यसलाई ड्रागन फल भनिएको हो । यस फलको स्वाद गुलियो र अमिलो पनाको मिश्रण भएको हुन्छ ।

फलको तौल दुइ सय ग्राम १ देखि २ के.जि हुन्छ । रातो बोक्रा र सेतो गुदी भएको,पहेलो बोक्रा र सेतो गुदी भएको, रातो बोक्रा र रातो गुदी भएको जातमा पर्दछ । 

गर्मी ठाँउमा खेती गर्न सकिने यस फलमा १२ प्रकारका मिनिरल्स तथा भिटामिन पाइन्छ । यो फलमा क्यान्सर प्रतिरोधात्मक गुण रहेको छ ।

यो फल जस्तो सुकै माटोमा खेती गर्न सकिन्छ । यस फललार्ई घरमा गमला ,छत तथा करेसामा पनि लगाउन सकिन्छ । यो फल पेट दुख्ने र कब्जियतमा औषधीको रुपमा प्रगोग गरिन्छ ।

जिल्लाको हिमाली ,बडिमालिका र बुढीगङगा लगायतका स्थानीय तहमा पछिल्लो समय ड्रागन खेती सुरुवात गरेको छ । 

ड्रागन खेतीले यहाँका किसानको आयआर्जनमा थप टेवा पुग्ने भएको पछिलो समय यहाँका किसानलाई ड्रागन खेती प्रति उत्प्रेरित गर्दै आएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख भुमिराज उपाध्यायले बताउनभुयो ।

















यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्