कालिका माविको अध्यक्षमा शाह

अछामको मेल्लेख गाउँपालिका वडा नं ८ मा रहेको कालिका माविको ३३अाै अाम भेला । तस्बिर ः सुरत सुनार

सुरत सुनार

अछाम,मङ्सिर २१ गते । अछामको मेल्लेख गाउँपालिका वडा नं ८ मा रहेको कालिका माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष धनबहादुर शाह सर्वसम्मत चयन हुनु भएको छ । 


यस विद्यालयको अध्यक्ष हर्कबहादुर ठकुल्लाको अध्यक्षतामा बसेको विद्यालयको ३३औँ अभिभावक भेलाले शाहलाई नयाँ व्यवस्थापन समितिको अध्यक्षमा सर्व सम्मतबाट चयन गरेको हो ।


गत बिहिबार भेलाले शाहकाे अध्यक्षमा अन्य नौ सदस्य रहने गरी विद्यालय व्यवस्थापन समिति नयाँ समिति चयन गरेको छ ।


मेल्लेख गाउँपालिकाको पुर्व उपाअध्यक्ष समेत रहनु भएका शाहलाई यस विद्यालयको शैक्षिक तथा भौतिक पुर्वाधारका क्षेत्रमा परिवर्तन गर्ने क्षमताको विकास भएको भन्दै भेलाले शाहलाई नयाँ विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन गरेको कालिका मावि हात्तीकोट जनाएको छ ।


यो भन्दा पहिला उहाँ गाउँपालिकाको उपाअध्यक्ष भएको बेलामा यस विद्यालयको शैक्षिक अवस्थालाई समेत परिर्वतन गर्नेका लागि अहम भुमिका खेल्नु भएको थियो । त्यसको मुल्याङ्कन गर्दै यती बेला यो भेलाले उहाँलाई यस विद्यालयको व्यवस्थापन समितिकिो अध्यक्षमा चयन गरेको हो ।


कालिका माविको शैक्षिक तथा पुर्वाधारका क्षेत्रमा परिवर्तन ल्याउने गरी आफु विद्यालय व्यवसथापन समितिको अध्यक्ष पदको जिम्मेवारी लिएको धनबहादुर शाहले बताउनुभयो ।


उहाँले भन्नुभयो , “व्यक्तिको रुचि र क्षमतालाई बुझ्ने, जीविकोपार्जनमा प्रमुख भूमिका खेल्ने, प्रमाणपत्र भनेको नै गुणस्तरीय शिक्षा हो । त्यसैले म आफु यस विद्यालयको गुणस्तरीय शिक्षाका लागि अहम भुकिका निर्वाह गर्छु ।”


व्यवहारिक दृष्टिकोणमा सिकाइ मार्फत मानवीय व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन सक्ने, व्यवहारिक समस्यालाई हल गर्न सक्ने, काम प्रति सम्मान गर्ने, उद्यमशील, समाज, राष्ट्र र अन्तर्राष्ट्रिय जगतमा योगदान दिन सक्ने नागरिक तयार गर्ने शिक्षा नै गुणस्तरीय शिक्षा भएकोले आफु यसका लागि दिनरात नभनि कहाँ कसलाई भनेर हुन्छ काम गर्ने शाहले बताउनुभयो ।


विद्यालयको शैक्षिक तथा भौतिक पुर्वाधार विकासका साथै विद्यालयमा गर्ने अन्य सबै शैक्षिक सम्बन्धीत क्रियाकलापमा आर्थिक लगानी गर्न आफु सँधै गाउँपालिकामा पहल कदमी गर्दै जाने मेल्लेख गाउँपालिका वर्तमान उपाअध्यक्ष नृपबहादुर खड्काले बताउनुभयो ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क ठकुल्लाको अध्यक्षता भएको यो कार्यक्रमका प्रमुख अतिथि मेल्लेख गाउँपालिका उपाध्यक्ष निर्प खड्का रहनु भएको थियोे ।


भने बिशिस्ट अतिथिमा ८ न वडा अध्यक्ष महेश ठकुल्ला , मेल्लेख गाउँ कार्यपालिका सदस्य अमृता सुनार,सुनिता शाह,वडा सदस्य सालिभान साउद ,निर्प आउजी , नेपाली काङ्ग्रेस मेल्लेख गाउँ कार्यसमिति सभापति खकिन्द्र साउद नेपाली काङ्ग्रेस वडा सभापति दिलिप सुनार नेकपा एमाले वडा कमिटी अध्यक्ष रन बहादुर साउँद नेकपा माओवादी केन्द्र वडा कमिटी अध्यक्ष खम्म साउँद नेकपा एकिकृत समाजवादी पार्टी खगी साउद रास्वपा सर्जन ठकुल्ला शिक्षक अभिभावक विद्यार्थी सयौको सहभागिता रहेको थियो ।


कार्यक्रमको सञ्चालन यस कालिका माविका शिक्षक शङ्कर ठकुल्लाले गर्नु भएको थियोे । २०८१ सालको नायँ भर्नामा यस विद्यालयमा १७४ छात्र २०५ छात्रा गरी ३७९ विद्यार्थी अध्यनरत रहेका छन् ।  भने त्यसै १९ जना शिक्षक शिक्षिका कर्मचारीको विद्यालयले जनाएको छ ।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्