वन संरक्षण तथा प्रवद्धन गर्न लागि परेको छु ः जेठारा

हरियाली सामुदायिक वन उपभाेक्ता समुहका अध्यक्ष नित्यानन्द जेठारा ।

वन संरक्षण तथा प्रवद्धन गर्न लागि परेको छु ः जेठारा 

कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका ४ र ५ मा रहेको हरियाली सामुदायिक वनलाई पछिल्लो समय संरक्षण तथा प्रवद्धन गर्नेकाम भइरहेको छ । यो वन संरक्षण तथा प्रवद्धन गर्नका लागि यस हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नित्यानन्द जेठारा लागि पर्नु भएको छ  ।

पछिल्लो समय यो वनमा नयाँ बोट विरुवा रोप्ने कामलाई पनि त्यत्तिकै प्राथमिकता दिएको छ । आगामी दिनमा यो वनलाई थप संरक्षण तथा प्रवद्धन गर्नका लागि के कस्ता कार्यक्रमहरु ल्याउने योजना रहेको छ भन्ने विषयमा यस हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नित्यानन्द जेठारा ज्यू सँग यस सुदूरपाटी मिडिया प्रालिका पत्रकार तेजबहादुर सार्कीले गरेको सारसङ्क्षिप्त कुराकानी ।

२०७८ माघ १६ गते देखि हाल सम्म तपाई यो वनको अध्यक्ष पदमा हुनुहुन्छ । त्यो बेला देखि अहिले सम्म तपाईले के काम गर्नु भयो ?

२०७८ साल माघ १६ गते देखि हाल सम्म म यो वनको अध्यक्ष पदमा रहेर निकै सक्रिय रुपमा काम गरिरहेको छु । थप यो वन संरक्षण तथा प्रवद्धन गर्नका लागि दिनरात लागि रहेको छु । पहिला याे वन निकै घाटामा रहेकाे थियाे । अहिले यो हामी मुनाफामा रहेका छाै । यहाँका उपभोक्ताहरुले मलाई जिम्मेवारी दिएपछि मैले पनि सकेसम्म यसलाई सुपकै नमुना वन बनाउने लक्ष्य लिएर काम गरिरहेकाे छु ।

अहिले यो वनमा तपाइले के काम गर्नु भएको छ ? 

हामीले प्रत्येक वर्षको एक दुई पटक यो वनलाई छाँटकाट तथा गोडमेल र वन भित्र रहेका अनाआवश्यक छारपातलाई पनि उखेलेर सफा गर्ने काम गरेका छौ ।

वनमा घेरवार गरेको छ ?

हामीले २०७८ सालमा महेन्द्रराजमार्ग देखि नवराज ओझाको इटा भट्टा सम्म झण्डै एक किलो मिटर पाँच सय मिटर मेसवाईट जाली राखेका छौ । जसका कारण यो वन सुरक्षित हुने गरेको छ ।

वनमा केही नयाँ वोट विरुवा रोप्नु भएको छ ?

सिएफसिसि कञ्चनपुर र हरियाली सामुदायिक वनको सयूक्तरुपमा बरडो र हरडो लगायतका नयाँ वोट विरुवा रोपेका छौ । 

तपाइले वन प्रति गरेको काममा यहाँका उपभोक्ता कत्तिको सन्तुष्टि छन् ?

मेरो अध्यक्ष पदको जम्मा तीन वर्षको कार्यकाल हो । त्यो समय पुरा भएको छ । फेरि मलाई नै दुइ वर्षमा तपाइले नै काम गर्नु पर्छ भनेर थप जिम्मेवारी दिएकाे छ । म अहिले त्यहि अनुसार काम गरिरहेकाे छु।  मैले वनप्रति गरेको कामले नै मलाई यहाँका उपभोक्ता समुहले पटकपटक वनको अध्यक्ष पदमा निर्वाचित गर्नु भएको छ । मैले अध्यक्ष भएर वनमा गरेका काम प्रति यहाँका सबै उपभोक्ता सन्तुष्ट छन् ।

यो वनबाट उपभोक्ताहरुले के फाइदा लिएका छन् ?

वनलाई काँटछाट गर्दा खेर गएको स्याउँला मलको रुपमा प्रयोग गर्ने गरेका छन् । यसका साथै कहिले विवाह भोज कार्यमा सडेगलेका दाउँराको रुपमा लिने गरेका छन् ।

यो वन समुहको आफ्नै भवन छ या भाडामा छ ?

हरियाली वन उपभाेत्ता समुहकाे आफ्नै भवन छ । यस भवनबाट नै अहिले वन सम्बन्धि विभिन्न काम कार्य गरिरहेका छौ ।

यो वनमा कुनै नयाँ जातका विरुवा रोप्नु भएको छ ?

यहाँका प्राय सालको वोट रहेकाले खासै अन्य केही नयाँ जातका वोट विरुवा रोपेका छैन् । हामीले केही वर्ष अघि यो वनलाई थप हरियाली बनाउँने उद्देश्यले अन्य बरडो हरडो लगायतका बोट विरुवा भने रोप्ने काम गरेका छौ ।

यो वनलाई रेखदेख गर्न चौकीदार राख्नु भएको छ ? या समितिका पदाअधिकारीले नै आलोपालो गरी हेर्न गरेको छ ?

पाँच जना कर्मचारी राखेका छौ । दुई जना महिला दुइ जना पुरुष गरी चार बन हेराला छन् । अर्को एक जना कार्यालय सचिव छन् ।  

सामुदायिक वनबाट उठेको रकम कस्तो कार्यमा लगाउँनु भएको छ ?

वनको कर गोलघर निर्माण खानेपानी सिचाई , पार्क निर्माणमा खर्च गर्ने गरेको छ । साथै यसै रकमबाट कर्मचारीहरुलाई तलव भत्ता दिने गरेको छ । 

कहिले कही विद्यालय, कलब, पत्रपत्रिका मिडिया ,सडक खानेपानीको धारा मर्मत लगायका सामाजिक कार्य तथा गाउँमा असाहाय अपाङ्ग गरीब दुखी कोही बिरामी हुँदा उनीहरुको उपचारमा समेत सहयोग गर्छौ । साथै दैवि प्रकोप जस्ता आपतकालिन घट्नामा पनि सहयोग गर्ने गरेको छ ।

यो वनमा कती जना उपभोक्ता छन् ?

यो वनमा पन्ध्र सय जना उपभोक्ता छन । यो वनको संरक्षण तथा प्रवद्धन गर्नका लागि यी सबैको उत्तिकै देन गरेको छ ।

तपाईको गरेको राम्रो काम के हो ?

यस वनको कार्यालयको परिसरमा पहिला खासै केही निर्माण भएका थिएन । अहिले म अध्यक्ष भए यता यहाँ पार्क निर्माण , गोल घर , भवन निर्माण गरेको छ । सबै भन्दा उत्तम काम भनेको यो वनको शत्र वर्ष देखि कर तिरेको थिएन । म अध्यक्ष भएपछि सबै भन्दा पहिला मैले यो कर तिर्ने काम गरेको छु । अहिले यो वनको सबै काम जात राम्राे सँग मिलाएर राख्ने गरेका छाै । 





यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्