हात्ती पीडित सुकम्बासीहरुले पाएनन राहत
तेजबहादुर सार्की
कञ्चनपुर , पुस १७ गते । कञ्चनपुरको लालझाडी गाउँपालिका १ सुखड शिविरमा रहेका सुकम्बासीहरु राहत पाउँनबाट वञ्चित हुँदै आएका छन् ।
लालझाडी गाउँपालिका १ सुखड शिविरमा रहेका सुकम्बासीहरुको पुस १ गते उनीहरु बस्दै आएको हटरा हात्तीले भत्काइ दिएपछि उनीहरु यती बेला बिचल्लीमा परेका छन् ।
विगत लामाे समय देखि सुखड शिविरमा बस्दै गरेका सुकम्बासीका टहरा हात्तीले भत्काइ दिनुका साथै त्यसमा रहेको खाने कुरा लुगा कपडा सबै नष्ट गरिदिएपछि यती बेला उनीहरु विभिन्न निकायमा राहतको माग गर्दै आएका हुन् ।
२०६५ साल देखि हामी यसै शिविरमा बस्दै आएका थियौ । अहिले हात्तीले यहाँ बनाएका सबै हटारा भत्काई दिएपछि यती बेला हाम्रो उठीबास भएको सुखड शिविरमा बस्दै आएका स्थानीय बजुरा रानाले बताउनुभो ।
उहाँले भन्नुभयो, “ यती बेला चिसाेकाे समयमा यसरी हात्ती अाएर हटारा भत्काइ दिएपछि त्यसमा राखेको सबै अन्न अनाज लुगा कपडा पनि सखाप भयो ।,,
हामीले राहतका लागि धेरै ठाउँमा पहल गर्दै आएका छौ । तर स्थानीय सरकार बाहेक अन्य कुनै ठाउँबाट हामीलाई राहत नमिलेको रानाले बताउनुभयो ।
हात्तीबाट निकै पीडित भएका यस सुखड शिविरका स्थानीय राहतका लागि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर वन डिभिजन कार्यालय तथा अन्य सबै ठाउँमा राहतका लागि धाउँदै आएका छन् ।
तर उनीहरुलाई अहिले सम्म स्थानीय सरकारले दिएको खाद्यान त्रिपाल लुगाकपाडा बाहेक अरु कतैबाट केही मिलेको छैन ।
आफ्नो लालपुर्जा भएको जमिनमा घरमा क्षति गरेको भए राहत दिन हुन्थ्यो । उनीहरु लामो समय देखि बनमा बस्दै गरेकोले उनीहरु हात्ती पीडित भएपनि केही राहत दिन निमिल्ने डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख रामविचारी ठाकुरले बताउनुभयो ।
त्यसै गरी हात्तीबाट पीडित भएकाहरु यहाँ पनि राहतका लागि आएका हुन् । अहिले हामी सँग राहत दिनका लागि रकम नभएकोले मैले डिएफओ सँग भनेको हो । उहाँले पनि उनीहरु वनमा बसोबास गरेका भएकोले केही राहत दिन नमिल्ने भनेपछि हामीले पनि केही गर्न नसकेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायाण प्रसाद सापकोटाले बताउनुभयो ।