आरक्ष विस्थापितहरुको समस्या समाधान गर्नका लागि परेको छु ः पनेरु

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्थापितहरुको समस्या समाधान आयोगका अध्यक्ष जयनन्द पनेरु । तस्बिर ‍ः तेजबहादुर सार्की

तेजबहादुर सार्की

कञ्चनपुर , पुस १८ गते । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्थापितहरुको समस्या समाधान आयोगका अध्यक्ष जयनन्द पनेरुले यती बेला लामो समय देखिको आरक्ष विस्थापितहरुले भाेग्दै आएको समस्या समाधान गर्न आफु लागि परेको बताउनुभएको छ । 

२०८१ असोज २ गते देखि  सो आयोगको अध्यक्ष पद ग्रहण गर्नु भएका पनेरुले कञ्चनपुर जिल्लामा रहेका आरक्ष पीडितहरुले लामो समय देखि जग्गा नपाएर तड्पी रहेको अवस्थालाई मध्यनजर गर्दै यती बेला उनीहरुको त्यो समस्या समाधान गर्नका लागि आफु निष्पक्षरुपमा लागि परेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “ यहाँको पीप्लाडी , झलारी, सुडामा ४९८ , देखतभुली बेलडाँडी, रामपुरा , विलासपुर १२३ , रौतेली विचुवा, कालिका , लक्ष्मीपुर, ३४० जना  गरी ९६१ जनाको नयाँ निवेदन परेका छन् । आयोगमा ९६१ जनाले दिएको यो निवेदन अहिले छानविनको क्रममा रहेको छ ।” 

यीनीहरुको यो लामो देखिको समस्यालाई समाधान गर्नका लागि आफु रातदिनमा लागि परेको अध्यक्ष पनेरुले बताउनुभयो ।

२०८१ असोज २ गते आयोगको अध्यक्ष पदको जिम्मेवारी पाएपनि पनि २०८१ कात्तिक ७ गते औपचारिक रुपमा काम गर्न पाएका पनेरु यती बेला आरक्ष पीडितको समस्या समाधान गर्नमा दिनरात लागि रहनु भएको छ । कञ्चनपुरका विभिन्न ठाउँमा लामो समय देखि आरक्ष पीडित रहेकाहरुलाई प्रत्यक्ष भेटघाट तथा अनुगमन कार्यमा सक्रिय रहनु भएको छ । 

आफुले गर्दै आएको यो कार्यमा कोही पनि आरक्ष पीडित नछुटुन र उनीहरुले लामो समय देखि जमिन पाउँने प्रतिक्षा पुरा होस भनेर मैले दिनरात काम गरिरहेको उहाँले बताउनुभयो । 

अहिले सम्म झण्डै ३१ आयोगको गठन भइसकेको भएपनि आरक्ष पीडितले भने आरक्ष पीडितको समस्या भने उस्तै रहेको छ । पनेरु ३२ औँ आयोगको अध्यक्ष हुनुहुन्छ । लामो समय सम्म कानुनी क्षेत्रमा जनताको सेवा दिदै आउनु भएका उहाँ यती बेला आयोगको अध्यक्ष भएकोले पीडित पनि जमिन पाउँने आशमा रहेका छन् ।

जमिन पाउने आशमा रहेको झण्डै चालिस वर्ष भन्दा बढी भयो । तर अहिले सम्म जमिन पाएको छैन् । अध्यक्ष धेरै आए गए तर पनि जमिन पायौन । यती बेला लामो समय देखि न्यायको क्षेत्रमा काम गर्दै आउनुभएको अध्यक्ष हुनु भएकोले  यो पटक जमिन पाउने आश रहेको आरक्ष पीडित बताउँछन् ।

२०३९ साल देखि आरक्ष पीडितले समस्या भोक्दै आएका छन् । उनीहरुले २०८१ साल सम्म पनि जमिन पाएका छैन् । यती बेला यहाँका अधिकाशं आरक्ष पीडित पनेरुको पालामा जमिन पाउँने आशमा रहेका छन् । 






  






यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्