हप्तामा लिने गरेकाे नमुना परीक्षाले बालबालिकाको पढाइमा सुधार
शेरबहादुर सार्की
बाजुरा , पुस २१ गते । बाजुराको तोली देवलडाँडा माविले हप्तामा लिने गरेको नमुना परीक्षाले पछिल्लो समय बालबालिकाहरुको पढाइमा निकै सुधार ल्याएको छ ।
त्रिवेणी नगरपालिका वडा नं –४ तोली स्थित तोली देवल डाँमा माविले विद्यार्थीहरुको पढाईमा सुधार ल्याउनका लागि पछिल्लो समय महिनाको प्रत्येक हप्तामा नमुना परीक्षा लिने गरेपछि यहाँका बालबालिकाहरुको पढाइ सुधार आएको हो ।
बालबालिकाहरुको सिकाई उपलब्धी तथा लेखन सिप बृद्धि गर्ने गरी पछिल्लो समय महिनाको प्रत्येक हप्तामा परीक्षा लिने गरेपछि अहिले बालबालिकाहरुको पढाइमा सुधार आउन थालेको हो विद्यालयले जनाएको छ ।
यस अघि तीन महिना छ महिना र वर्षमा परीक्षा हुन्थ्यो । त्यति बेला मात्र किताब पढ्ने बानी गरेकी थिए । अहिले विद्यालयले महिनाको प्रत्येक हप्तामा नमुना परीक्षा लिने गरेकोले प्रत्येक दिनमा किताव पढ्ने गरेको तोली देवल डाँडा माविका कक्षा –१० का छात्रा एलिजा साउँदले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ पढाइमा मात्र ढिलो होइन परीक्षामा समेत डर लाग्थ्यो । अहिले यसरी महिनाको प्रत्येक हप्तामा परीक्षा हुन थालेपछि त्यो डर समेत हटेको छ । ”
परीक्षा ढिला हुँदा आफुले जानेको कुरा पनि परीक्षामा डरले बिग्रीने गरेको थियो । यती बेला कक्षा कोठामा धेरै पटक परीक्षामा सहभागि हुने गरेकोले त्यो डर सबै हटेको छ । आगामी चैतमा हुने एसईईमा समेत ढुक्क सँग लेख्ने क्षमता भएको साँदले बताउनुभयो ।
वार्षिक रुपमा हुने गरेको परीक्षामा प्राय विद्यार्थीहरु पढाईमा लापर्वाही गर्ने गर्दछन् । लामो लामो समयपछि परीक्षा हुने गरेकोले कतीपय विद्यार्थीहरु त्यसै परीक्षको सेरोफेरोमा मात्र पढ्ने गर्दछन् ।
तोली देवल डाँडा माविले बालबालिकाहरुको त्यो आनी बानीमा सुधार ल्यानका लागि पछिल्लो समय महिनाको प्रत्येक हप्तामा तीन छ र वार्षिक रुपमा लिने परीक्षा जस्तै लिन थालेपछि अहिले यहाँका बालबालिकाहरुको पढाइमा सँगै उनीहरुको किताब पढ्ने आनीबानीमा समेत निकै परिवर्तन भएको छ ।
अहिले प्रत्येक हप्ताको शनिवारको दिनमा नमुना परीक्षा लिनेमा यो तोली देवलडाँडा मावि सायद बाजुरामा पहिलो विद्यालयको रुपमा पर्दछ ।
यो विद्यालयले यसरी हप्ताको शनिवारमा परीक्षा लिने र विद्यार्थीले त्यो परीक्षमा नजानेको फेरि कक्षामा आएर राम्रो सँग सिकाउँने गरेपछि अहिले यहाँका बालबालिकाहरुको पढाईमा समेत परिवर्तन आएको यहाँका अभिवाकहरु बताउँछन् ।
शैक्षिक सत्र २०८० मा यस विद्यालयमा नगर स्तरीय परीक्षामा समावेश भएका कक्षा आठका ५७ जना विद्यार्थीमा ३५ जना पास भएका थिए । भने त्यसै गरी एसईईमा पनि ५६ जनामा ३२ जना विद्यार्थीहरु राम्रो सँग उत्तीर्ण भएका थिए ।
त्रिवेणीका अन्य विद्यालयका भन्दा यस विद्यालयको यो राम्रो उपलब्धी हो । तैपनि हामीले यसलाई थप प्रोत्साहीत गर्ने गरी र यती बेला त्यो भन्दा बढी विद्यालर्थी उत्तीर्ण गर्ने गरी अहिले त्यसको तयारी गर्ने गरी यो नमुना परीक्षा लिन गरेको तोली देवलडाँडा माविका प्राधानाध्यापक विष्णु प्रशाद ओझाले बताउनुभयो ।
उहाँले भन्नुभयो , यस अघि यहाँका बालबालिकाहरुले ती छ र अन्तिमको वार्षिक परीक्षामा डराउँने र उनीहरु जानेको कुरा पनि लेख्न नसक्ने भएकोले यती बेला त्यसलाई मध्यनजर गर्दै उनीहरुको आगामी आउने त्यो परीक्षामा राम्रो सँग लेख्न सक्ने क्षमताको वृद्धि विकास हुने गरी यो प्रत्येक हप्तामा यो नमुना परीक्षा लिने गरेका हौ ।”
यो परीक्षाले यहाँका नगर स्तरीय परीक्षमा समावेश हुने पाँच , आठ कक्षा र एसईई मा समावेश हुने दश कक्षाका विद्यार्थीहरुलाई निकै राहत हुने भएको प्राधानाध्यापक ओझाले बताउनुभयो ।
तोली देवलडाँडा माविका यसरी विद्यालयले प्रत्येक हप्तामा लिने गरेको यो नमुना परीक्षाले यहाँका बालबालिकाहरुको आनी बानी सँगसँगै पढाईमा पनि सुधार आउन थालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा त्रिवेणी नगरपालिका वडा नं –४ का वडा अध्यक्ष गणेश साउँदले बताउनुभयो ।
शैक्षिक शत्र २०८१ सालको नयाँ भर्नामा चार सय चार छात्रा र तीन सय उनान्चास छात्र गरी अहिले सात सय त्रिपन्न जना विद्यार्थीहरु अधययनरत रहेको तोली देवलडाँडा माविले जनाएको छ ।