सम्पती कुम्ल्याएर श्रीमति फरार, बालबच्चाको बिचल्ली

डाेटी आर्दश गाउँपालिका वाड नं २ कोटानजर बस्ने लहरी भुलको छोरा रनी भुलको साथमा सम्पती लिएर फरार भएकी कैलालीकाे गोदावरी नगरपालिका वडा नं –३ मालिका टाेल बस्ने रमेश दमाईकी श्रीमति माया दमाई । तस्बिर ः रमेश दमाई

कैलाली , पुस २४ गते । कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नं –३ बस्ने रमेश दमाईकी श्रीमति माया दमाई सम्पती कुम्लयाएर फरार भएकी छन् ।


डाेटी आर्दश गाउँपालिका वाड नं २ कोटानजर  बस्ने लहरी भुलको छोरा रनी भुलको साथमा  सम्पती लिएर फरार भएकी कैलालीकाे गोदावरी नगरपालिका वडा नं –३ मालिका टाेल बस्ने रमेश दमाईकी श्रीमति माया दमाई । 

२०८० असोजमा दशैको मौका पारेर डोटी जिल्लाको आर्दश गाउँपालिका वाड नं २ कोटानजर  बस्ने लहरी भुलको छोरा रनी भुलको साथमा घरमा रहेको रुपियाँ, सुना चाँदी लगायतको सबै सम्पती लिएर फरार भएकी हुन् ।

आफु लामो समय देखि श्रीमिति छोरा छोरीको पालन पोषण तथा पठनपाठन गर्नका लागि आर्थिक जोहो गर्ने प्रदेशीएको बेलामा श्रीमति माया दमाई मैले भारतमा कमाई गरेर घरमा पठाएको सबै पैसा लिएर फरार हुँदा अहिले मेरो घरमा छोरा छोरी परिवार सबै विचल्लीमा पारेर भुल सँग फरार भएको कैलालीको गोदावरी नगरपालिका वडा नं –३ बस्ने श्रीमान रमेश दमाईले बताउँनुभयो ।

उहाँले भन्नुभयो, “ आफु धेरै लामो समय सम्म भारतमा बसेर अघिल्लो वर्षमा घरमा पाँच छ लाख रुपियाँ दुइ चार तोला सुन पनि किनेर घरमा पठाएको थिए । अहिले त्यो सबै लिएर श्रीमति माया दमाई  रनि भुल सँग फरार भएकी छन् ।”


डाेटी आर्दश गाउँपालिका वाड नं २ कोटानजर  बस्ने लहरी भुलको छोरा रनी भुलको साथमा  सम्पती लिएर फरार भएकी कैलालीकाे गोदावरी नगरपालिका वडा नं –३ मालिका टाेल बस्ने रमेश दमाईकी श्रीमति माया दमाई भारतकाे मुम्बई गेटअफ इन्डीयामा रमाउँदै । 

मैले एक वर्ष सम्म नेपाल भारतका विभिन्न ठाउँमा खोजी खवरी गरे तर कतै भेटाएकी छैन् । अहिले डोटी जिल्लाको आर्दश गाउँपालिका २ कोटानजर बस्ने रनी भुल सँग भारतको ब्याङ्लोरमा बसोबास गरेको भन्ने सुनेको छु । मैले त्यसलाई अहिले पनि बारम्बार सामाजिक सञ्जाल मार्फत घरमा आएर छलफल गर्नु भनेको छु । तर उहाँले कतैबाट सम्पर्कमा नआउँदा मैले अहिले यो मिडियामा आउन बाध्य भएको छु ।

डाेटी आर्दश गाउँपालिका वाड नं २ कोटानजर  बस्ने लहरी भुलको छोरा रनी भुलको साथमा  सम्पती लिएर फरार भएकी कैलालीकाे गोदावरी नगरपालिका वडा नं –३ मालिका टाेल बस्ने रमेश दमाईकी श्रीमति माया दमाई । 

एक विश्वासका साथ मैले मेरो नाममा रहेको सबै जग्गा जमिन घर सम्पती उसैको नाममा गरिदिएको थिए । अहिले त्यो सबै बरबाद गरेर फरार भएकोले सम्बन्धीत सबै निकाय नेपाल भारतमा रहेका सबै दाजु भाईलाई मेरो श्रीमिति सम्पर्कमा ल्याएर सम्पती सबै उसबाट फिर्ता गराई सहयोग गरि दिन आग्रह गर्दै आएको मायाका  श्रीमान रमेश दमाईले बताउनुभयो ।

श्रीमति माया दमाईले घरको सबै पैँसा त कहाँ हो र गाउँका अन्य मेरा आफन्त सँग पनि सात लाख रुपियाँ समेत ऋण लिएको रहेछ । अहिले म घरमा आएपछि उनीहरु तेरो श्रमतिले हाम्रो पैसा लिएको छ । भनेर दिनरात घरमा आउने गरेका छन् । 

मैले भारतबाट तेत्रो ठुलो पैसा पठाउँदा पनि उसले त्यती ऋण कसरी लिएको होला । भन्दा तेरो श्रीमितिले खै कसरी लिएको श्रीमतिले लिएको सबै ऋण फिर्ता गर्नु पर्छ भनेर भन्दै गरेका छन् ।

प्यारालाईसिस भएर एक वर्ष भारतको ठुलो अस्पतालमा धेरै पैसा खर्च गरेर निको पारेर श्रीमति छोरा छोरीको स्याहार सुसार गर्नका लागि घरमा पठाएको हो । 

तर अहिले मैले त्यो उचार गर्दा लागेको पैसा तिर्न नपाउँदै उसले आफु खुसीका साथ घरमा रहेको सबै सम्पती लिएर अर्कै केटा सँग फरार हुँदा घरमा मेरो नत सम्पती रहयो नत मेरो छोरा छोरीको भविष्य राम्रो भयो । 

पहिला मैले मेरो आमा बुवाको भन्दा पनि बढी माया गरेको हो । अहिले त्यसकै फाइदा लिएर श्रीमति अर्कै सँग फरार भएको पीडित रमेश दमाईले बताउनुभयो । 

दमाईले भन्नुहुन्छ , “ त्यति मात्र कहाँ मैले उसको माइतीलाई समेत घर जग्गा बनाउँनलाई पनि पैसा दिएको र जमिन पनि किनि दिएको हो । सासु सुसुरा नभई मेरो आमा बुवा हुन भनेर मैले त्यो सबै गरेको हो । तर अहिले हाम्रो सासु सुसुराको समेत इज्जत खरानी बनाएर श्रीमति अर्कै सँग फरार भएकी हो । ”

श्रीमतिले यो भन्दा पहिला पनि गलत गर्दै आएकी थिइन । तर सम्झाउँदै आएको थिए । मैले मेरो ज्यान भन्दा पनि उसको ज्यानलाई धेरै माया गरेपनि उसले त्यो गुन मानेन । म अब उहाँलाई एक पटक घरमा आएर मेरो सबै घर जग्गा जमिन लगायत लिएर गएको सम्पती सबै फिर्ता गर्न यसै समाचार मार्फत सँग जानकारी गरेको दमाईले बताउनुभयो ।

दमाईका दुइ छोरा एक छोरी रहेका छन् । जेठो छोरा बीस वर्ष माइली छोरी १८ कान्छो छोरा १४ वर्षका रहेका छन् । रमेश श्रीमति र यीनै छोरा छोरीको पालन पोषणका लागि लामो समय सम्म भारतमा नौकरी गर्दै आएका थिए । 

 




























यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्