प्रेस सेन्टर नेपाल जिल्ला शाखा अछामकाे अध्यक्षमा परियार

प्रेस सेन्टर नेपाल जिल्ला शाखा अछामकाे छैटाै जिल्ला अधिवेसनमा सर्वसम्वत चयन हुनु भएका अध्यक्ष रमेश परियार । तस्बिर ः सुरज सुनार

सुरज सुनार

अछाम , पुस २६ गते । प्रेस सेन्टर नेपाल जिल्ला शाखा अछामकाे अध्यक्षमा रमेश परियार सर्वसम्मत चयन हुनु भएकाे छ ।

प्रेस सेन्टर नेपाल जिल्ला शाखा अछामकाे छैटौं जिल्ला अधिवेशनबाट परियार अध्यक्षतामा सर्वसम्मत चयन हुनु भएकाे हाे ।

जसमा उपाध्यक्षमा शङ्ककर थापा , सचिव लालबहादुर चँदारा , कोषाध्यक्ष तुलक्षा बोहरा , सह – सचिव नेत्र बहादुर साउँद , सदस्य कमल थपा , मनोज कुमार सार्की , रमिता विक , टेकराज विक रहेका छन । 

सेन्टरका कार्यवाहक अध्यक्ष रमेश परियारको अध्यक्षतामा भएको अधिवेशनमा नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य पहल साउँदले प्रमुख अतिथिको आसनबाट बोल्दै सञ्चारकर्मीहरुलाई अहिलेको पत्रकारिता फरक ढङ्गले गर्नुपर्ने र आफ्नो पहिचान देखाउँदै अहिलेको डिजिटल  जमाना अनुसार पत्रकारिताका क्रियाकलापहरु अगाडी बढाउनुपर्ने  बताउनुभयो । साथै उहाँले प्रेस सेन्टर नेपालले आफ्नो फरक पहिचान देखाउनुपर्ने पनि  बताउनुभयो ।

मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वालासिंह साउँदले विशिस्ट अतिथिको आसनबाट बोल्दै जिल्ला स्थित सम्पूर्ण मिडियाकर्मीहरुले आफ्नो आस्था विचार जुनसुकै ठाउँमा भए पनि पत्रकारिता पेशालाई मर्यादित बनाउन  सामुहिक रुपमा एकतावद्ध  भएर अघि बढन  र जनपक्षीय काम गर्न आग्रह गर्नुभएको छ । 

यस्तै प्रेस सेन्टर नेपालका केन्द्रिय सचिव निमेन्द्र शाहीले विशिस्ट अतिथिको आसनबाट बोल्दै प्रगतिशील पत्रकारहरुलाई एकीकृत गर्दै सामाजिक न्याय र लोकतन्त्रको पक्षमा काम गर्ने, पत्रकारहरुको आवाज बुलन्द हुनुपर्ने बताउँदै प्रेस स्वतन्त्रताको प्रबद्र्धन र समाज प्रति उत्तरदायी हुनुपर्ने बताउनु भएको छ ।

अधिवेशनमा नेपाल पत्रकार महासंघ अछामका निवर्तमान अध्यक्ष खम्म सिंह खत्री ,नेपाल पत्रकार महासंघ अछामका सह सचिव एकेन्द्र महता , नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष गिता कुँवर,  नेपाल प्रेस युनियन अछामका सचिव तारामान खड्का , प्रेस चौतारी अछाम कल्पना बोहरा , उद्योग बाणिज्य संघ अछामका दल बहादुर साउँद ,राष्ट्रिय दलित पत्रकार संघ नेपाल अछामका पूर्व अध्यक्ष सुरत सुनार ,  माओवादी केन्द्र साँफेबगरका नेत्र परियार , एकीकृत अखिल नेपाल शिक्षक संगठन साँफेबगरका रुप कुमार ओड , अनेमसंघ (क्रान्तिकारी ) का मिना अधिकारी ,  जिल्ला स्थित अन्य जनवर्गीय संगठनकाहरुका  प्रमुख तथा प्रतिनिधिहरु र जिल्ला स्थित मिडियाका पत्रकारहरुको समेत सहभागिता रहेको थियो । 

प्रेस सेन्टर अछामका सदस्य मनोज भुलले स्वागत मन्तव्य राख्नुभएको अधिवेशनको सञ्चालन पत्रकार लालबहादुर चदराले गर्नुभएको थियो ।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्