आफुले लिएको दान अनाथलाई सहयोग
शेरबहादुर सार्की
बाजुरा, पुस २७ गते । बाजुराको बुढीनन्दा नगरपालिका –१० बाटुल सेरा निवासी ७४ वर्षीय शङ्कर प्रशाद उपाध्यायले आफुले लिएको दान यती बेला अनाथ बालबालिकालाई सहयोग गरेका छन् ।
उपाध्यायले लामो समय गाउँमा गरेको जजमानीबाट प्राप्त गरेको रुपिँया यती बेला बुढीनन्दा नगरपालिका –९ को सिद्धेश्वरी अनाथ तथा जनजाीय आवासीय विद्यालयका अनाथ तथा विपन्न वर्गका बालबालिकालाई सहयोग गरेका हुन् ।
आफुले लामो समय सम्म यहाँका धेरै ठाउँमा पुजापाठ गर्ने गरेको र त्यहिबाट आफुलाई दिएको दानको पैसाले यती बेला सिद्धेश्वरीका अनाथबालबालिकाहरुलाई कम्बल डस्ना र खाजा सामाग्री सहयोग गरेको बुढीनन्दा नगरपालिका –१० बस्ने शङ्कर प्रशाद उपाध्यायले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ यो विद्यालयमा अनाथ बालबालिकाहरु बस्ने गरेका रहेछन् । यती बेला यहाँ पुसको पहिलो सातामा परेको बाक्लो हिमपातले यहाँका बालबालिकाहरुलाई चिसोले निकै समस्या गरेको भन्ने समाचार सुनेपछि अहिले मैले यो न्यानो लुगा सहयोग गरेको हो ।”
यती बेला मैले यो न्यानो लुगा वितरण गरेको छु । आगामी दिनमा मैले पुजा पाठा गर्दा यहाँका स्थानीयले मलाई दिने गरेको दानले यती बालबालिकाहरुलाई खाना पकाउन र खान सहज हुने गरी भाँडा वर्तन समेत सहयोग गर्ने उपाध्यायले बताउनुभयो ।
मङ्सिर , पुस र माघको महिना देखि नै यहाँका अधिकाशं ठाउँमा धेरै चिसो हुने गर्छ । त्यसैमा माथि यहाँ बेला बेला बाक्लो हिमपात हुने गरेको यी बालबालिकाहरुलाई विद्यालय जान त के घरबाहिर निक्सन समेत कठिन हुने गर्दछ ।
वर्खाको समय यहाँका धेरै राम्रो हुने गरेको भएपनि हिउँदको महिना चिसोको कारण पढन् समस्या हुने गरेको सिद्धेश्वरी अनाथ तथा जनजाीय आवासीय विद्यालयमा कक्षा –२ मा अध्ययनरत छात्रा छाया गुरुङ्गले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ यती बेला हाम्रो यो समस्या बुझेर हामीलाई विभिन्न ठाउँबाट लगाउने न्यानो लुगा र ओड्ने ओछ्याउने मिलेपछि चिसो छेल्न सहज भएको छ ।”
दिनमा विद्यालय जाने बेला राम्रो लगाउँने लुगा र बेलुकी सुत्ने बेलामा राम्रो ओड्ने र ओछ्याउने पाएपछि अहिले आनन्द पढ्न सुत्न मिलेको गुरुङ्गले बताउनुभयो ।
जिल्लाको बुढीनन्दा नगरपालिका –९ डाप्कमा रहेको सिद्धेश्वरी अनाथ विपन्न तथा जनजाीय आवासीय विद्यालयमा प्राय अनाथ टुहुरा जनजाती हलिया दलित बालबालिकाहरु अध्यनरत छन् ।
मङसिर र पुसको महिना परेको हिमपातले यहाँका विद्यार्थीहलाई चिसोका समस्याका बारेमा गोरखापत्रमा समाचार छाएिपछि यती बेला विभिन्न ठाउँ देखि लुगा कपडा ओड्ने ओछ्याउने भाडा वर्तन लगायतका सामाग्री प्राप्त भइरहेको बुढीनन्दा नगरपालिका –९ को सिद्धेश्वरी अनाथ तथा जनजाीय आवासीय विद्यालयका प्राधानाध्यापक रावतले बताउनुभयो ।