फाेन नै नलाग्ने दुर्गम गाउँ बस्तीमा फोर जी

हिमाली गाउँपालिकाकाे ‍‌६ पाडीमा रहेकाे नेपाल टेलिकमकाे टावर । तस्बिर ः सुदूरपाटी

शेरबहादुर सार्की

बाजुरा , पुस २९ गते । बाजुरा देश कै एक दुर्गम जिल्लाको रुपमा चिरपरिचित छ । त्यसै  माथि हिमाली गाउँपालिका पनि यहाँका अन्य नौ वटै पालिका भन्दा निकै दुर्गम पालिकाको रुपमा चिनिदै आएको छ । 

यसै दुर्गम हिमाली गाउँपालिकाले पछिल्लो समय पुस्तौ देखिको फोन नै नलाग्ने दुर्गम गाउँ बस्ती पाडीमा अहिले फोर जी सहितको टेलिफोन सेवा सुचारु गर्न सफल भएको छ । 

बाजुराको पुर्वि उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाले यहाँको त्यो निकै गर्दुम गाउँ बस्ती पाडीमा फोर जी चल्न थालेपछि अहिले यहाँका स्थानीय निकै हर्षित देखिएका छन् ।

यस अघि यहाँका स्थानीयहरु लामो समय देखि टेलिफोन सेवामा वञ्चित हुँदै आएका थिए । यहाँका स्थानीयलाई फोन गर्दा पनि अल्गो डाँडामा जानु पर्ने समस्या थियो । 

यस पटक पालिकाको लामो अथक प्रयासपछि पछिल्लो यहाँका  दुर्गम गााउँ बस्ती पाडीका प्रत्येक घर भित्रै फोर जी चल्न थालेपछि अहिले देश तथा विदेशमा रहेका आफन्त सँग भिडियो कल गर्न पाएको भन्दै यो बस्तीका स्थानीय यती बेला निकै हर्षित भएका हुन् ।

गाउँपालिकाको लामो प्रयासपछि बल्ल अहिले यहाँका स्थानीयले गाउँ बस्तीमा फोर जी चल्न थालेपछि अहिले यहाँका स्थानीयलाई स्थानीय सरकार घरमै पुगेको महसुस भएको छ ।

यहाँका अधिकाशं गाउँ बस्तीमा घाम लागेको बेला फोन लाग्ने र पानी परेको बेला फोन नलाग्ने गथ्र्यो । त्यसै मध्येको हिमाली गाउँपालिका –६ को पाडीमा त लामो समय सम्म फोन नै लाग्दैन थियो । अहिले यहाँका गाउँ बस्तीमा पछिल्लो समय घर भित्रै फतटाफट फोर जी चल्न थालेपछि स्थानीयको मुहारमा निकै खुसी छाएको हो । 

जिल्लाका अन्य स्थानीय तह भन्दा यो स्थानीय तहमा काम गर्न निकै कठिन छ । यहाँको भौगोलिक अवस्था अरु स्थानीय तहको भन्दा निकै फरक छ ।  त्यसै कठिन परिस्थितिमा पनि यो पालिकाले यहाँका स्थानीयलाई विद्युत , शिक्षा , स्वास्थ्य , खानेपानी सडक लगायतका विभिन्न सेवा उपलब्ध गर्दै आएको छ ।

पालिकाको बिगत पाँच बर्ष देखि नेपाल टेलिकम को केन्द्रीय कार्यालय काठमाडौं ,प्रदेश कार्यालय अत्तरिया जिल्ला कार्यालय बाजुरा सँग निरन्तर पत्राचार प्रत्यक्ष भेटघाट अनुरोध तथा समन्वयपछि गत वैशाख देखि  हिमाली गाउपालिकाको दुर्गम गाउँ पाडिमा टावर निर्माण कार्य सुरु भएको हो ।

गत आइतबार त्यो टावरको निर्माण कार्य सम्पन्न भएसँगै यहाँको दुर्गम गाउँ बस्तीमा पाडीका घरघरमा फटाफट फोर जी चल्न थालेको हिमाली गाउँपालिकाको कार्यालयले जनाएको छ । 

कुनै बेला यहाँ घर देखि टाढा रहेका आफन्तलाई फोन गर्दा माथि अल्गो डाँडामा गएर फोन गर्नु पथ्र्यो अहिले घर भित्रै भिडियो कल गर्न पाउँदा निकै खुसी लागेको हिमाली गाउँपालिका – ६ पाडीका अम्मर रावलले बताउनुभयो ।

उहाँले भन्नुभयो,“ आफन्त बाहिर जाँदा उनीहरु सँग सम्पर्क हुँदैन थियो । सम्पर्क गर्नका लागि अन्य वडामा जानु पथ्र्यो । अहिले घरमा नै आफन्त सँग भिडियो कल मार्फत सम्पर्क हुन थालेपछि निकै खुसी लागेको छ ।”

त्यति मात्र होईन यो पाडि जिल्लाकै एक विकट क्षेत्रको रुपमा पर्छ । यहाँ टेलिफोन , विजुली  खानेपानी सडकको लामो समय देखि निकै अभाव झेल्नु परेको थियो । अहिले यी प्रकारका सेवा विस्तारै पाउँन थालेपछि निकै खुसी लागको रावलले बताउनुभयो ।

हिमाली गाउँपालिका अति दुर्गम गाउँमा टेलिफोन सेवा इन्टरनेट सेवा विस्तार गर्ने हाम्रो मेहनेतको प्रतिफल आज प्राप्त भएको छ । यहाँको दुर्गम गाउँ पाडिमा फोर जी सहितको टेलिफोन सेवा सुचारु हुँदा निकै खुसी लागेको छ । यहाँका गर्न खोजे भने के हुँदैन र गरे भने त सबै काम सम्भव रहेछ । आज लामो समयको अथक प्रयासमा थालेको काम प्रति सफल हुँदा यो सिकाइ समेतको महशुस भएको हिमाली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ गाउँपालिका अध्यक्ष गोबिन्द्रबहादुर मल्ल , मानानीय सङ्घीय मन्त्री बद्री प्रसाद पान्डे , प्रदेश कार्यालय अत्तरियाका प्रमुख गोबिन्द धामी , नेपाल टेलिकम शाखा कार्यालय बाजुराका प्रमुख लोकबहादुर खड्का ज्युको लगातार प्रयास पछि आज बल्ल यो ठाउँमा फोर जी सहितको टेलिफोन सेवा सुचारु भएको छ । ”

यहाँ फोर जी सहितको टेलिफोन सेवा सुचारु भएसँगै सरकारी तथा गैरसरकारी कार्यालय स्वास्थय शिक्षाका क्षेत्रमा पनि निकै सहज भएको छ । जसका कारण अव देखि यहाँका विद्यालयहरु डिजिटल शिक्षा अन्लाईन शिक्षा र स्वास्थ्य पनि अन्लाईन सेवा सुरु गर्न सकिने छ । यहाँका स्थानीय अब देखि विश्व बजार सँग जोडिने छन् । ”

केही वर्ष अगाडि हिमालीको धुलाचौर माथि डाँडामा पालिकाको पन्द्र लाख लगानी गरी टावर निर्माण गरेपछि यहाँ फोर जी सेवा सुचारु भएको थियो । सो सेवा यती बेला पाडीमा पनि सुचारु भएको छ । अबका केही दिन भित्र विस्तारै हिमालि –१ , २ , ३, ४, ५ , ६ र ७  गरी सबै वडामा टावर र इन्टरनेट  सहित टेलिफोन सेवा बिस्तार गर्ने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताउनुभयो ।

हिमाली गाउँपालिकाको पाडीमा नेट त के फोन समेत लाग्दैन थियो । गाउँपालिकाको लामो समयको प्रयासपछि यहाँका स्थानीयलाई टेलिफोन सहित फोन जी सेवामा दिन सफल भएको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द्रबहादुर मल्लले बताउनुभयो । 































यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्