स्वास्थ्य सेवाको राम्रो पहुँचमा लालझाडीवासी

लालझाडी गाउँपालिका १ मा रहेकाे बाईसी विचुवा स्वास्थ्य चाैकी । तस्बिर ः तेजबहादुर सार्की
तेजबहादुर सार्की
कञ्चनपुर , माघ १२ गते । कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिकाका प्रत्येक गाउँ बस्तीका स्थानीय पछिल्लो समय स्वास्थ्य सेवाको राम्रो पहुँचमा रहेका छन् ।
गाउँपालिकाले यहाँका स्थानीयको स्वास्थ्य सेवालाई पहिलो प्राथमिकता दिएसँगै पछिल्लो समय यहाँका स्थानीयवासी स्वास्थ्य सेवाको राम्रो पहुँमा रहेका हुन् ।
लालझाडी गाउँपालिकाका प्रत्येक वडा भौगोलिक रुपमा निकै टाढा छन् । केही समय पहिला यहाँका स्थानीयलाई प्राथमिक स्वास्थ्य सेवा लिन झण्डै एक घण्टाको बाटो हिड्नु पथ्र्यो ।
लालझाडीवासीको याे अवस्थालाई मध्यनजर गर्दै पछिल्लो समय गाउँपालिकाले यहाँका स्थानीयको स्वास्थ्य सेवामा राम्रो पहुँच गर्ने गरि यहाँका प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गरिदिएपछि अहिले यहाँका स्थानीयले गाउँमै राम्रो स्वास्थ्य सेवा पाउँन थालेका हुन् ।
लालझाडीका सबै वडाका स्थानीयवासीलाई स्वास्थ्य सेवामा राम्रो पहुँचका लागि पालिकाले स्वास्थ्य क्षेत्रमा पहिलो प्राथमिकता दिदै गएपछि अहिले यहाँ रहेका सबै वडाका स्थानीयवासी स्वास्थ्य सेवाको राम्रो पहुँचमा भएको लालझाडी गाउँपालिकाले जनाएको छ ।
बाइसी विचवा स्वास्थ्य चाैकीमा रहेकाे ल्याब । तस्बिर ः तेजबहादुर सार्की
घर नजिक रहेकाे स्वास्थ्य चाैकीबाट सहज रुपमा उपचार गर्न पाउँदा निकै खुसी लागेकाे लालझाडी गाउँपालिका –१ नौरङ्गाकी स्थानीय कल्पना सार्कीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ पहिला यहाँ ल्याबकाे सुबिधा नहुँदा यहाँका अधिकाश स्थानीय रगत जाँच गर्नका लागि धनगढीमा जाने गरेकाे थिए । त्यसै गरी बालबालिकाहरुलाई खोप लगाउँनु परेमा पनि टाढा जानु पथ्र्यो । अहिले गाउँमै रहेको स्वास्थ्य संस्थामा खोप लगाउँन थालेपछि निकै सहज भएको छ । ”
गाउँमा रहेकाे स्वास्थ्य चाैकीले राम्राे सेवा दिन थालेपछि अहिले यहाँका गर्भवती तथा सुत्केरी महिलालाई समेत निकै सहज भएकाे सार्कीले बताउनुभयो ।
बाईसी विचवा स्वास्थ्य चाैकीमा रहेकाे प्रसुती गृह । तस्बिर ः तेजबहादुर सार्की
लालझाडी गाउँपालिका छ वटा वडामा झण्डै सात वटा स्वास्थ्य संस्था रहेका छन् । स्वास्थ्य चौकी ३ प्राथमिक स्वास्थ्य ४ गरी सात वटा स्वास्थ्य संस्था रहेका छन् । वडा नं –२ मा एक वटा आँखा उपचार केन्द्र स्थापना रहेको छ ।
त्यसै गरी वडा नं –३ मा दश शैयाको अस्पताल समेत सञ्चालनको गर्ने तयारीमा छ । स्वास्थ्य संस्थाबाट वितरण गर्नु पर्ने ५८ प्रकारको औषधी मध्ये अहिले यहाँका यती स्वास्थ्यमा झण्डै ४४ प्रकारको औषधी सेवा ग्राहिलाई वितरण भइरहेको बाइसी विचवा स्वास्थ्य चौकीका प्रमुख नन्दलाल रानाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ अहिले गाउँ बस्तीमा स्थानीयहरुले घरमै राम्रो स्वास्थ्य सेवा लिइरहेका छन् । गर्भवती भएको बेलामा गर्भजाँच गर्नका लागि समेत यहाँका महिला नियमित आउने गरेका छन् । ”
यहाँका स्थानीय मात्र नभई अहिले पुर्नवास नगरपालिका १० र ११ का स्थानीय समेत यहाँ स्वास्थ्य सेवा लिन आउने गरेको रानाले बताउनुभयो ।
बाइसी विचवा स्वास्थ्य चाैकीमा रहेकाे औषधी तिवरण कक्ष । तस्बिर ः तेजबहादुर सार्की
भौगोलिक रुपमा यहाँका वडा धेरै टाढा पर्ने गरेका छन् । ती वडाका स्थानीयहरुलाई त्यसै ठाउँमा राम्रो उपचार पाउने गरी पछिल्लो समय यहाँका सबै वडामा स्वास्थ्य संस्था स्थापना गरेका छौ । अहिले ती स्वास्थ्य संस्थाबाट यहाँका स्थानीयले राम्रो उपचार पाउँने गरेका छन् ।
यहाँका स्थानीयको पहिलो प्राथमिकता सडक खानेपानी स्वास्थ्य शिक्षा हो । त्यहि अनुसार पालिकाले काम गर्दै गएपछि अहिले यहाँका स्थानीय विकासको पहुँचमा रहेका लालझाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ लालझाडी गाउँपालिका यहाँका अन्य स्थानीय तह भन्दा स्वास्थ्य क्षेत्रमा निकै परिर्वतन गरेका छौ । अहिले यहाँका सबै स्थानीय राम्रो स्वास्थ्यको पहुँचमा रहेका छन् । ,,
पहिला यहाँका स्थानीयलाई भिडियो एक्सरे तथा रगत परिक्षण गर्नु परेमा धनगढी जानु पर्ने बाध्यता थियो । अहिले हामीले त्यो सबै सेवा यहाँका प्रत्येक स्वास्थ्य चौकीमा समेत ल्याबको व्यवस्था गरेपछि उनीहरुलाई निकै सहज भएको छ । अहिले यहाँका स्थानीयले गाउँमै सिहं दरबार आएको समेत महसुस गरेका छन् ।
वडा नं ३ मा दशै शैयाको अस्पतालमा स्थापना भएको छ । केही समय पछि त्यहाँ विशषेज्ञ डाक्टरराद्धा त्यो अस्पताल सञ्चालन हुने सार्कीले बताउनुभयो ।