हरियाली वनलाई साँच्चीकै हरियाली वन बनाउँछु ः अध्यक्ष राना

हरियाली सामुदायिक वन उपभाेत्ता समुहका अध्यक्ष घुम्मन राना । तस्बिर तेजबहादुर सार्की
लालझाडी गाउँपालिका वडा नं –१ मा रहेको श्री हरियाली सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा घुम्मन राना पछिल्लो समय अध्यक्ष हुनु भएको छ । रानाले अध्यक्षको जिम्मेवारी पाएपछि यस हरियाली वन उपभोक्ता समुहलाई निकै सक्रियताका साथ चलायमान गर्ने लक्ष राख्दै आउनु भएको छ । त्यती मात्र होईन रानाले यो वनलाई पछिल्लो समय साँचिकै हरियाली अर्थात नाम अनुसारको वन बनाउँछु भन्दै समेत काम गर्न लागि रहनु भएको छ । यसका बारेमा सुदूरपाटी मिडियाका पत्रकार तेजबहादुर सार्कीले सो वनका अध्यक्ष घुम्मन राना सँग गरेको कुराकानीको सारसंक्षेप्त ।
तपाई अध्यक्ष भएको झण्डै दुइ महिना भयो ? यो अवधिमा के गर्नु भयो ।
२०८१ पुसमा यस वनको अध्यक्ष भएको हुँ । म अध्यक्ष भएको झण्डै दुई महिना भयो । अहिले मैले यी दुई महिनामा पनि समुहका बैठक बसाल्ने र त्यस बैठकमा यस वन रेखदेख तथा वन सुरक्षाका लागि यसको चारै तिर घेरवार गर्ने विषयमा समेत छलफल भएको छ ।
तपाई यो सामुदायिक वनलाई कस्तो वन बनाउने सङ्कल्प गुर्न भएको छ ?
हाम्रो यहाँ धेरै सामुदायिक वन रहेका छन् । ती वन खासै राम्रो संरक्षण तथा प्रवन्द्ध भएको जस्तो लाग्दैन । त्यसका कारण मैले सके सम्म ती सामुदायिक वन भन्दा राम्रो खालको वा वैज्ञानिक वनको रुपमा विस्तार गर्ने अपेक्षा गरेको छु ।
वनको सबै क्षेत्रफल कती छ ?
लालझाडी गाउँपालिका वडा नं –१ मा रहेको यो हरियाली सामुदायिक वनको क्षेत्रफल झण्डै १४०.७४ हेक्टर रहेको छ ।
वनको आफ्नै कार्यालय छ या भाडामा सञ्चालन गर्दै आउनु भएको छ ?
हाम्रो वनको आफ्नै कार्यालय छ । दुई जना कर्मचारी राखेका छौ । एक जना कर्मचारी फेरि पनि नियुत्ती गर्ने तयारीमा छु । कार्यालयको सचिवलाई बाह् हजार र वन हेरालालाई दश हजार तलव दिने गरेका छौ । फेरि आउने कर्मचारीलाई पनि दश हजार तलब दिने गरी नियुक्ती गर्ने छौ ।
यो वन उपभोक्ता समितिमा कती जना सदस्य छन् ?
हाम्रो यो वन समुहमा दलित महिला जनजाती सबैको सहभागिता छ । जसमा महिला ६ पुरुष ५ गरी जम्मा ११ जना सदस्य रहेका छन् ।
यसमा अध्यक्ष घुम्मन राना , उपाध्यक्ष रेखा राना , कोषध्यक्ष रामकुमारी राना , सचिव पहिलाद राना , सहसचिव कनैया राना , सामतो राना , राम्पतो राना , प्रेमलाल राना , कनैया राना , फुलमति राना सदस्य र कार्यलय सचिव विद्यामति राना रहेका छन् ।
त्यसै गरी पाँच जनाको सल्लाकार समिति समेत गठन गरेको छ । त्यसमा संयोजक गणेश राना , सदस्य रामनाथ राना , सेभराज राना रामनाथ राना , केदार राना , किसोर राना सदस्य रहेका छन् । एक जना गाउँको भल्मन्सा जगनाथ राना राखेका छौ ।
यस वनमा लाभान्वित घरधुरी कती छन् ?
हाम्रो वनमा झण्डै बाह्सय घरधुरी लाभान्वित रहेका छन् । यती लाभान्वित घरधुरीले यस वनबाट सेवा लिने गरेका छन् । स्याउँला , दाउरा र आवश्यक परेमा वनको नियम अनुसार सुको काठ समेत उपलब्ध गर्ने गरेका छौ ।
अरु केही अन्य काम पनि गर्नु भएको छ ?
हामीले यसै वनबाट वनको कार्यालय नजिक एक हल्दी बनाउँने उद्योग सञ्चालन गरेका छौ । गाउँमा भएको अर्गानिक हल्दी त्यसमा ल्याएर पाउँडर बनाउने र अनी बजारमा बिक्रि गर्ने गरेका छौ । जसका कारण यहाँका हल्दी बेसार लगाउँने कृषकलाई निकै सहज भएको छ ।
त्यसै गरी गाउँमा रहेका एक नवदाय आविको गुणस्तरीय शिक्षामा टेवा पुग्ने गरी प्रत्येक वर्षमा साठी हजार रुपियाँ सहयोग गर्दै आएका छौ । अन्य यहाँका गरिब तथा जनजातीका बालबालिकाहरुलाई पनि सहयोग गर्ने गरेका छौ । गाउँमा कसैलाई दुख परेको बेलामा त्यसलाई पनि सहयोग गरेका छौ ।
गाउँमा रहेका विभिन्न कलब समुहलाई समेत वनबाट सहयोग गरेका छौ । साथै यहाँका स्थानीयको प्रमुख समस्या भनेको गाउँमा हात्तीको आतङ्क हो । त्यसैले गाउँमा हात्ती आएको बेलामा हामीले धेरै ट्याक्र ल्याएर भगाउँने गर्दछु । त्यसको डिजेल तथा प्रट्रोलमा समेत वनबाट सहयोग हुने गरेको छ ।
वनमा कुन कुन जातको विरुवा छ । त्यसका अरु केही अन्य जातको विरुवा रोप्नु भएको छ ?
वनमा साल , असैना , जामुन , कुसुमका पुराना बोट छन् । अहिले हामीले खाली भएको जमिनमा वा बाँझो ठाउँमा लेप्टीक्स , सगुन , बाँस र सिताफल लगायत विरुवा रोप्ने गरेका छौ । यसको क्षेत्रमा एक ठाउँमा फेरि पनि ठुलो जमिन खाली छ । त्यसैमा दश क्वीन्टल तारजातीको आवशयक छ । त्यो तारजाती पाएपछि त्यसमा पनि विरुवा रोपेर हरियाली बनाउने योजना छ ।
यो वना सामुदायिक वनको रुपममा कहिले स्थापना भएको थियो ?
२०७२ साल जेठ २५ गते यो हरियाली सामुदायिक वन उपभोक्ता समुह गठन गरिएको हो । यसमा तीन वर्ष अध्यक्ष श्यामलाल राना चार वर्ष हङ्शराम राना र दुइ वर्ष रामनाथ राना अध्यक्ष हुनु भएको थियो ।